भूकम्प र भूकम्पपछिका सकसपूर्ण दिनहरुको स्मरण गर्दै पत्रकार किशोर पन्थीले लेखेको पुस्तक’कम्पन’ सार्वजनिक भएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पम्फा भुसाल, एमाले नेता माधब कुमार नेपाल, किशोर नेपाल, राजनीतिज्ञ

यो पुस्तकमा भूकम्पका समयमा विभिन्न व्यक्तिले गरेका अनुभवहरु समेटिएको छ । राहत वितरणका लागि भूकम्प्रभावित क्षेत्रमा जाँदाको अनुभव पनि यसमा समेटिएका छन् । पुस्तकमा महाभूकम्पपछिको वेदना र आर्तनादमात्र होइन, सिमित साधन श्रोतकाबीच उच्च मनोवल र मानवीय सहयोगका कारण राहत, रेस्क्यु, उपचार सम्भव भयो भन्ने समेत देखाउन खोजिएको छ ।

नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेका थिए । त्यतिबेला उनले सयौं व्यक्तिसँग गरेको कुराकानीका आधारमा कम्पन जन्मिएको हो । भूकम्प प्रभावित क्षेत्रमा पुगेर उनी आफै उद्दार र राहतमा मात्र खटिएनन्, दोश्रो ठूलो भूकम्पमा बालबाल बच्न सफल भएका थिए । त्यतिबेला उनी जुन भवनको पाँचौं तल्लामा थिए, त्यसका पिलरहरु क्षतिग्रस्त भए भवनमा रातो स्टीकर टाँसियो ।

काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बच्न सफल हुनेहरु, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेहरुको उपचारमा खट्नेहरु लगायत सही सूचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसम्मका बयान लिएका थिए । त्यही बयानका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना, आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पुस्तकको जन्म भएको पुस्तकका लेखक पन्थीले जानकारी दिएका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक