20180501

एमाले माओवादी एक भए भने पनि दुई बर्ष भित्रै प्रचण्डले एमाले छिन्न भिन्न मात्र होइन बर्बादै बनाउने छन, डायरीमा नोट गरेर राखे हुन्छ !

 के एमालेले हिँजो माओवादीले गरेका अपराधहरु, हत्या, हिँसा अराजकताको जिम्मा लिन तयार छ ??
######################################
एकता धेरै प्रकारका हुन्छन । वास्तविक एकता त त्यो हुन्छ जहाँ न साठी चालिस प्रतिशतका कुरा हुन्छन नत समान हैसियतका कुरा हुन्छन । अझ पालै पालो अध्यक्ष हुने, महाधिबेशनमा पनि सम्मानजनक पद बाँड फाँडको भद्र सहमतिका कुरा गर्ने, प्रधानमन्त्री पनि पालै पालो भनेर भद्र सहमति गर्ने, यो कस्तो प्रकारको एकता एमाले र प्रचण्ड गुटले गर्दैछन बुझ्न कठिन छैन । एउटै पार्टीमा दुईटा अध्यक्ष कहीँ देख्नु भाछ ?? कहीँ सुन्नु भाछ ??  यो पार्टी एकता नभएर केही दिनको रामछायाँ मात्र हो भन्ने सबैले बुझे हुन्छ । यस्तो एकता क्षणिक र अस्थायी मात्र हुन्छ । प्रचण्डको बिगत हेर्नुस् न यिनलाई कथित एकता गर्ने र फोर्ने खेलका महारथी नै भने हुन्न र ?? यिनले कति सँग एकता र सहकार्य गरे कहीँ टिक्या देख्नुभाछ ??  
##################################
- रामप्रसाद खनाल 
कथित जनयुद्धका नाममा २०५२ फागुन १ देखी दश बर्ष सम्म एमालेका कार्यकर्ता नेता र समर्थकहरुलाई छानी छानी कुटपिट गर्ने, लुट्ने, चन्दा आतंक मच्याउने, घरवार र सम्पत्ती कब्जा गर्ने, सताउने, अपहरण गर्ने, मार्ने माओवादीका तत्कालिन कमाण्डर प्रचण्डसँग एमालेले चुनाबी गठबन्धन मात्र गरेन मिलेरै प्रदेश देखी केन्द्र सम्म सरकार बनायो ।

गएको आठ महिना देखी बाम गठबन्धन मात्र होइन पार्टी एकताका नाममा एमालेले माओवादी केन्द्र नामक खिईदै गएको प्रचण्ड नेत्रित्वको गुट सँग पार्टी एकता गर्ने भन्दै, आज भोलि भन्दा भन्दै बागमतिमा धेरै पानी बगिसकेको छ तर पार्टी एकताको अन्तिम टुङ्गो अझै लागेको छैन । एमाले र माओवादी दुबै तर्फबाट बिरालाले मुसा खेलाए जस्तै खेलाउने, गलाउने खेल मात्र होइन एउटै कार्यक्रममा अलग अलग ब्यानर राखेर, नाराबाजी
गरेर  नाटक प्रदर्शन गर्ने काम देख्दा मानिसहरुले हाँडी गाउँको जात्रा बिर्सिसकेका छन ।

एकता धेरै प्रकारका हुन्छन । वास्तविक एकता त त्यो हुन्छ जहाँ न साठी चालिस प्रतिशतका कुरा हुन्छन नत समान हैसियत का कुरा हुन्छन । अझ पालै पालो अध्यक्ष हुने, महाधिबेशनमा पनि सम्मानजनक पद बाँड फाँडको भद्र सहमतिका कुरा गर्ने, प्रधानमन्त्री पनि पालै पालो भनेर भद्र सहमति गर्ने यो कस्तो प्रकारको एकता एमाले र प्रचण्ड गुटले गर्दैछन बुझ्न कठिन छैन । एउटै पार्टीमा दुईटा अध्यक्ष कहीँ देख्नु भाछ ?? कहीँ सुन्नु भाछ ??  यो पार्टी एकता नभएर केही दिनको रामछायाँ मात्र हो भन्ने सबैले बुझे हुन्छ । यस्तो एकता क्षणिक र अस्थायी मात्र हुन्छ ।

प्रचण्डको बिगत हेर्नुस् न यिनलाई कथित एकता गर्ने र फोर्ने खेलका महारथी नै भने हुन्न र ? यिनले कति सँग एकता र सहकार्य गरे कहीँ टिक्या देख्नुभाछ ??

मान्नुस वा नमान्नुस त्यो तपाईंको कुरा हो तर प्रचण्ड नामका अराजक मान्छे नेपाल र उनको हकमा सफल छन अरु भन्दा । उनले आफ्नो स्वार्थ सिद्ध गरेकै छन । यदी उनले उनको त्यो कुटिल चाल देश बनाउनका लागि प्रयोग गरेका भए उनी अपराधपूर्ण बिगत बाट चोखिँदै राजनेता पनि बन्न सक्थे तर उनले कुटिल चाल आफु र आफ्नाका लागि मात्र प्रयोग गरे र नेपालको ईतिहासमा प्रचण्ड एउटा नामुद कलँक र नेपाली बिन लादेन उपनामले मात्र चिनिने गरी स्थापित भए ।             

नेपालमा कमल थापा जस्तै सत्ता र शक्तिका लागि जे पनि बोल्ने, जे गर्न पनि तयार हुने प्रचण्ड एमालेलाई पहिलेनै धेरै पटक थाङ्नामा सुताएर काङ्रेस तिर बसाइ सरिसकेका बिधर्मी हुन भन्ने कुरा कसलाई थाहा छैन र ! तर काङ्रेस तिर पनि गएर उनी धेरै अडिएनन । नेपाली राजनीतिका उनका कडा दुश्मन केपी ओली सँग रातारात गठबन्धन गरेर नेपाली राजनीति कति फोहोरी र अनैतिक छ भन्ने कुरा प्रमाणित गर्दै उनको कथित जनयुद्ध नामको आतंकबादमा उनैद्वारा भ्रमित लाखौं नेता कार्यकर्तालाई चुना लगाउँदै उनी केपी ओलीलाई पनि फेरी थाङ्नामा सुताउने र एमालेको बागडोर समातेर एमालेका सोझा इमान्दार कार्यकर्ता र भोटरको पनि नेता हुने, बिगतका अपराधहरुबाट आफुलाई जोगाउन खेल खेल्ने र अन्ततोगत्वा फेरी प्रधानमन्त्री भएर देश आफ्नै छत्रछायाँमा राख्ने उनको कुटिल चाल राजनीति बुझ्ने जो कसैलाई बुझ्न कठिन छैन ।

प्रचण्डलाई के विश्वाश छ भने मैले राजालाई बेकुफ बनाएँ, गिरिजा प्रसादलाई बेकुफ बनाएँ, भारतलाई पनि झुक्याउन सकेँ भने केपी ओली र उनको एमालेलाई पनि सजिलै झुक्याउन सक्छु भन्ने उनलाई लागेको छ । माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतमहरुलाई त उनी गन्दै गन्दैनन । शेर बहादुर र काङ्रेसको लुते र नालायकी प्रब्रिती राम्ररी बुझेका र काङ्रेसको पनि बारम्बार घोँडा चढिसकेका प्रचण्डले यता नभए उता,  उता नभए यता दुबैतिर पासा फ्याँकी रहेका छन र यो कुरा बुझेर पनि काङ्रेस एमाले प्रचण्डसँग साँठगाँठ गर्न मरिहत्ते गरिरहेका छन ।
**************************
# एमालेसँग एकता गर वा काङ्रेस सँग फर्क, हेग तिम्रो अन्तिम गन्तब्य हो प्रचण्ड, यसमा कुनै दुई मत छँदै छैन ।

# एकता भैहाल्यो भने दुई बर्ष भित्रै प्रचण्डले एमाले छिन्न भिन्न मात्र होइन बर्बादै बनाएनन भने भन्नुहोला ! 

# के एमालेले हिँजो माओवादीले गरेका अपराधहरुको जिम्मा लिन तयार छ ?? 

# अझै पनि एमालेका नेता कार्यकर्ता समर्थ शुभचिन्तक हरुले छातीमा हात राखेर सोँचुन । प्रचण्डको शती नजाउन यत्ति मात्र भन्न सकिन्छ ।
*****************************
अहिले एमाले जुन सुकै हालतमा प्रचण्डको माओवादी गुट सँग एकता गर्न जसरी ज्यान फालेर लागेको छ त्यसै गरी काङ्रेसले एमालेसँग होइन हामी सँग आउ सत्ता चलाऊ भनेर प्रधानमन्त्रीको पासा फ्याँकिरहेका छन कुरा संबिधानले दुई बर्ष सम्म प्रधानमन्त्री माथि अबिश्वास प्रस्ताब ल्याउन नमिल्ने कुरामा गएर मात्र अड्किएको हो नत्र अहिले सम्म प्रचण्ड काङ्रेस सँगै फर्किएर फेरी प्रधानमन्त्री भएका हुने थिए ।

अब जुन सुकै मुल्य चुकाएर पनि पार्टी एकता गर्ने भनेर केपी ओलीले उदघोस गरिसकेका छन किन कि उनी एमालेका अध्यक्ष भैसके, प्रधानमन्त्री भैसके, आलो पालो अध्यक्ष बन्ने भद्र सहमति छँदैछ । एकता भए पनि केपी ओलीले गुमाउने केही छैन बरु उनले अफैले भनेझैं उनिसँग अब धेरै दिनको जिन्दगी बाँकी छैन । दुबै किड्नी फेल भएका र अर्काको किड्नीमा बाँचिरहेको छु भन्ने केपी ओलीलाई जाने बेलामा मनमोहन बन्ने सपना छ, कम्युनिस्ट एकताको पगरी भिरेर जाने इच्छा छ ।

एमाले र प्रचण्ड गुटको माओवादी एक भए भने प्रचण्डलाई फाईदै फाईदा छ भने एमाले पुरै घाटामा जानेछ । केपी ओली पछिका कुनै पनि नेता प्रचण्डलाई ओझेल पार्न सक्ने हैसियत राख्दैनन । जो हैसियत राख्छन ति नेताहरुको कुनै जोर चल्दैन एमालेमा किनकी अहिले केपी ओली को खोक्रो रास्ट्रबादले सबैलाई अन्धो बनाइदिएको छ । मान्छेमा भ्रम छ । एमाले भनेकै केपी ओली र केपी ओली भनेकै एमाले भने जस्ता भएका छन, जो केपी ओलीका बिरुद्ध बोल्छ त्यो एमाले भित्र अहिले भित्तामै पुर्याइन्छ । घनश्याम भुसालहरु त्यसका ज्वलन्त उदाहरण हुन ।

प्रचण्डलाई बिगतका अपराधले डोर्याउँदै हेग सम्म पुर्याउला भन्ने सबैभन्दा ठुलो डर छ त्यसका लागि उनी सधैं नेत्रित्व र हाली मुहालीमा रहन चाहन्छन तर उनले यो पनि बुझेका हुनुपर्छ म नेपालमा त पावरको खेलले बँचुला तर हेग जानु पर्‍यो भने के गर्नु यो कुराले उनी रातोदिन पिरोलिएका छन, यिनका हरेक रातमा देखिने सपनीहरु हेगकै हुनुपर्छ र हुन पनि हेग प्रचन्डको अन्तिम सत्य र गन्तब्य हुने छ लेखेर राख्नुस ।

संसारकै राजनीतिलाई केलाएर हेर्नुस । कयौं देशका राष्ट्रपती, प्रधानमन्त्री र मै हुँ भन्ने बादशाहहरु पनि सत्ताबाट बाहिरिए पछि, बीस बर्ष, तिस बर्ष पछि पनि हेग तानिएका छन र कोही फाँसीमा त कोही आजिबन काराबासको सजायँ भोग्दै जिबन सिध्याएका छन । प्रचण्डको पनि अन्तिम नियती यहिनै हुनेछ । एमालेसँग एकता गर वा काङ्रेस सँग फर्क - हेग तिम्रो अन्तिम गन्तब्य हो प्रचण्ड यसमा कुनै दुई मत छँदै छैन ।  नेपालबाट हेग पठाउन सम्भब नभए अन्तरराष्ट्रिय जगतले नै तान्ने छ, अबको युगमा बँचुला भन्ने कल्पना नगरे हुन्छ प्रचण्डले । देह त्याग गरेर बँचे बँच्लान अन्यथा उनी बंच्ने कुरा कसैले नसोँचे हुन्छ । यदी कसैले उनलाई आफ्नो नेता बनाएर बँचाउँला वा आफ्नो स्वार्थ सिद्ध गरौँला भन्ने सोंचेको छ भने त्यो पनि क्षणिक दिवा सपना मात्र हुने छ याद गरे हुन्छ ।

यहाँ नेर एमालेको एउटा बुझ्न नसकिएको कुरा के छ भने जनताले राम्रै सँग पत्याएको, मत दिईरहेको, मदन भण्डारीको बहुदलीय जनवाद मार्फत प्रजातान्तिक बाटोलाई अनुसरण गरिसकेको एमाले, स्थापित भैसकेको एमाले किन प्रचण्डको शती जाँदैछ, हिँजो उसकै आतंकबादका कारण सिउँदो पुछिएका, टुहुरा भएका, अङ्ग भङ्ग भएका, लुटिएका, मारिएका, थात न बास भएका एमाले कार्यकर्ता, नेता, जनता, समर्थक सबैलाई एमालेले किन भुलीरहेको छ, किन आँखा चिम्लिरहेको छ ? के एमाले ले हिँजो माओवादीले गरेका अपराधहरुको जिम्मा लिन तयार छ ? उसलाई सुनपानी छर्केर, चोख्याएर प्रचण्ड बाबुरामहरुको आतंकको त्यो कालो ईतिहासको जिम्मेवारी लिन सक्छ ?? सर्बत्र चासो र चिन्ताको बिषय र ज्वलन्त प्रश्न छ यो ।

एमालेले यो पनि बुझोस यो एकता वास्तविक एकता हुनै गार्हो छ, भैहाल्यो प्राबिधिक रुपमा भने टिक्नै गार्हो छ । दुई बर्ष भित्रै प्रचण्डले एमाले  छिन्न भिन्न मात्र होइन बर्बादै बनाएनन भने भन्नुहोला । डायरीमा नोट गरेर राखे हुन्छ । तसर्थ अझै पनि एमालेका नेता कार्यकर्ता समर्थ शुभचिन्तक हरुले छातीमा हात राखेर सोँचुन । प्रचण्डको शती नजाउन यत्ति मात्र भन्न सकिन्छ । यदी कसैले म त प्रचण्डको माओवादी गुटको शति जान्छु नै भन्छ भने भीरमा जाने गोरुलाई राम राम भन्ने हो काँध थाप्न सक्दै सकिन्न चेतना भया !

- मे १, २०१८, वाशिङ्टन डिसी, अमेरिका   
***********


Auto search Ram Prasad Khanal Related link by google
Ram Prasad Khanal Appointed Ambassador for Peace by Universal Peace Federation (UPF), USA
रामप्रसाद खनाल शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त, The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक