20180502

चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी, साढे ३३ केजी सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दायर, सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ फरार !

Breaking News
मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी 
सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व
डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।
प्रकरणमा मुछिएकाहरु निम्न अनुसार छन्ः–
१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे) ।
२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।
३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।
४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।
५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।
६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।
७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।
८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।
९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।
१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।
११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की
१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।
१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।
१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।
१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।
१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।
१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा. डेबिट भनिने छिरिङ वाङगेल घले ।
१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।
१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।
२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।
२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।
२२. भारतको पश्चिम बंगाल दार्जिलिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।
२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।
२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।
२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।
२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।
२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।
२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।
२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।
३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।
३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।
३२. भक्तपुरको सूर्यविनायक–९, खत्रीगाउँका दोराम खत्री ।
३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।
३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।
३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।
३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।
३७. काठमाडौं–१८ का राजु महर्जन ।
३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।
३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।
४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।
४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि., न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।
४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।
४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।
४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।
४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।
४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली
४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।
४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।
४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि. सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।
५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।
५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।
५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।
५३. भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।
५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।
५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।
५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।
५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।
५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।
५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।
६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।
६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।
६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।
६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी । - Online khabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक