20180520

बुद्ध जयन्ति शान्ति पदयात्रा बर्कली सहरमा सम्पन

- Dhurva Thapa, California US
यही मे १९ , २०१८ सनिबारको दिन नेपालको राष्ट्रिय बिभूति "शान्तिका अग्रदुत, अहिंशाका  प्रतिक " भगवान गौतम बुद्धको जन्मदिनको उपलक्ष्यमा हरेक बर्ष झैँ बुद्ध नेपाल पिस फाउन्डेसनले अयोजना गर्दै आएको पाचौ
बुद्ध जयन्ति शान्ति पदयात्रामा बर्कली सहरमा भब्यताको साथ् सम्पन गरेको  छ।
बुद्ध नेपाल पिस फाउन्डेसनका अध्यक्ष चिनकाजी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममाबर्कली सिटि काउन्सिलका काउन्सिल मेम्बर चेरिल डेभिला प्रमुख अतिथिको आशन ग्रहण गर्नु भएको थियो। साथै बिसिष्ट अथितीमा , काउन्सिल मेम्बर बेन बर्लेट , महा बाणिज्यदुत ऋषि ढकाल, बर्कलीका समाजसेवी झासा स्वान्सोन डिस्ट्रिक ४ सी ३ अन्तरास्ट्रिय लायन्स क्लबका गभर्नर राजेन थापा , नेपाल टुरिजम बोर्डका प्रतिनिधिसन् फ्रान्सिस्को क्षेत्रका पर्यटन दुत घन प्रसाद दवाडी ,  अस्ट्रेलियाबाट आउनु भएका गुरु आचार्य राजन शर्मा , नेपालबाट आउनु भएका धर्म गुरु खेन्पो वागिन्द्र शीलल गायत बिसिष्ट आमन्त्रित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।  नेपाल र अमेरिकाको रास्ट्रीय गान , गाउदै भगवान बुद्धको ज्ञान , शिक्षा , स्तुति  र योग र ध्यान गर्दै कार्यक्रमको थालनी गरिएको थियो। कार्यक्रममा एक मिनट मौन धारण गरेर शान्तिको लागि प्रार्थना समेत गरिएको थियो।  


यो  डा टिका लमसालद्वारा संचालित कार्यक्रमममा  महासचिव सुनिल राजकर्णिकारले स्वागत मन्तब्य दिनु भएको थियो भने पिस मार्चका संयोजक ध्रुब थापा र अध्यक्ष चिनकाजी श्रेष्ठले कार्यक्रमको जानकारी, उदेश्यबारे प्रकाश पार्दै  सबै संघ संस्था , पत्रकार , उपस्थित जन समुदाय , सहयोगी दाताहरु र उपस्थित महानुभावहरुलाई धन्यबाद दिनु भएको थियो।
उपस्थित  दुवै अमेरिकी सरकारको प्रतिनिधि सिटि काउन्सिल मेम्बरहरुले अहिलेको आवस्यकता भनेको शान्ति र भाइचारा हो र यसको थालनी ध्यान र योगले हासिल गर्न सक्छ जसको निम्ति बुद्धको दर्शन र ज्ञानले सम्भव छ भन्नु भएको थियो।  साथै सबैलाई बिबिधतामा एकताको प्रतिक बर्क्ली सहरमा शान्ति पदयात्रालाई स्वागत गर्नु भएको थियो।
कार्यक्रममा बिबिध बिषयमा बिभिन्न व्यक्तित्वहरुले बुद्धको ज्ञान र शिक्षाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो भने बिबिध झाकी र प्ले कार्ड बोकेर , लगभग दुईसयको  हाराहारीमा उपस्थित शान्ति पदयात्रा सहभागीले लाखे नाच्दै शान्ति पदयात्रा बर्क्ली स्थित सिभिक सेन्टर पार्कबाट प्रारम्भ भई हिमालयन फेर हुदै गरेको लाइभ ओक पार्कमा रहेको आमा फाउन्डेसन र करी विदाउट वरीको बुथमा गएर सम्पन्न भयेको थियो।
शान्तिका अग्रदुत भगवान बुद्धको सो शान्ति पदयात्राको थालनी नेपालबाट आउनु भएका धर्म गुरु खेन्पो वागिन्द्र शीलले प्रवचन दिनुभए पछि १२ वटा सेतो परेवा आकाशमा उडाएर गरिएको थियो।
कार्यक्रममा बे एरियाका बिभिन्न संघ संस्था , जन समुदाय र लस एञ्जलस र अस्ट्रेलियाबाट समेत आउनु भएको बुद्ध जयन्ति शान्ति पदयात्रा मा सहभागी हुन् आउनु भएको थियो।  आफ्नो मौलिक भेस भुषाका साथ सहभागी सबैले बुद्धको ज्ञान सम्भंधि प्ले कार्ड बोकेर बर्कली सहर परिक्रमा गरिएको थियो।
शान्तिको अग्रदूत अहिंशाका प्रतिक " गौतम बुद्ध नेपालको राष्ट्रिय बिभूति हो त्यहिँ पबित्रभुमीमा  जन्मेका हामी नेपाली यस अमेरिकी भूमिमापनि एकबद्ध भै सहकार्य गर्दै हिड्दा हरेक नेपालीको शिर विश्व सामु ठाडो हुनेछ , छाती गर्वले प्रफुल्ल हुनेछ भन्दै संस्थाका अध्यक्ष चिनकाजी श्रेष्ठले सबैलाई आह्वान गर्नु भएको थियो।  

कार्यक्रमको दोश्रो चरण शान्ति पदयात्रा पछि बर्कली स्थित हिमालयन फ्लेभर रेस्टुरेन्ट मा रात्रि भोज लगायत प्रबचन , कार्यक्रम को समिक्षा र स्वयं सेवकहरुलाइ सम्मान गर्दै प्रमाण पत्र र कदर पत्र प्रदान गरिएको थियो।  जसमा निरज रेग्मी र संजिव राणालाई महा बाणिज्यदुत ऋषि ढकालद्वारा कदरपत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले आफ्नो मन्तब्य र बुद्धको बारेमा प्रबचन समेत दिइएको थियो। फोटो सौजन्य : गोविन्द शाही







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक