20180519

बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिए !




शाही विवाह २०१८: मार्कलसँग विवाह बन्धनमा बाँधिए राजकुमार ह्यारी


शाही विवाहतस्वीर कपीराइटREUTERS

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ।
विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो।
मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।
सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए।

महारानी एलिजावेथ र उनका पति ड्युक अफ अडिन्बरतस्वीर कपीराइटGETTY IMAGES
Image captionमहारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए
शाही विवाहतस्वीर कपीराइटREUTERS

ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए।

वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए।


मेगनकी आमातस्वीर कपीराइटGETTY IMAGES
Image captionमेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन्

ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए।
वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए।

US TV star Oprah Winfrey, wearing pink, and British actor Idris Elba arrive at the chapelतस्वीर कपीराइटPA
Image captionनाम चलेका कलाकार र टीभी कार्यक्रम प्रस्तोताहरू पनि निम्ता मान्न विन्ड्सर पुगेका थिए

कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए। 




विवाहका केही झलकहरू

यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका 'ड्युक र डचेस'का रुपमा चिनिने घोषणा गरिएको थियो।
समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन।
प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना दिएकी छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक