20180518

सँसारमै बिरलै देख्न पाइने यस्तो ऐतिहासिक एकता !

एउटै पार्टीका दुई अध्यक्षज्यूहरु । त्यो पनि एउटै टेबुलमा बसेर सँगै काम गर्नुहुन्छ पार्टी कार्यालयमा । एकता होस त यस्तो पो ! सम्माननिय केपी ओलीज्यूले भन्नुभएझैँ यो कुनै तमासा होइन वास्तविक एकता हो ।
हिँजो मन फाटेको, चित्त कटक्क काटेको, अरुणा लामाको गीतमा भनेझैँ साँझ सिलाएर पठायो भोलि बिहान फेरी अर्कातिर च्यातिएको त्यस्तो अब हुँदै हुँदैन । एउटै टेबुलमा सधैं यसरी नै सँगै बसेर काम गर्दै सँसारमा छलाङ्ग मार्दै जानुहुनेछ वहाँहरु । क्रम भङ्ग गर्दै जानुहुनेछ वहाँहरु । भद्र सहमति अनुसार प्रधानमन्त्री पनि खानुुहुनेछ वहाँहरु ।
सम्माननिय केपी ओलीज्यूले भन्नुभएझैँ पछाडि डोकोमा काङ्रेसले के बोक्यो भन्या त माओवादीको छोरी ! लाछी काङ्रेस । बाउलाई नै यसरी बोक्नु पर्दैन ?? छोरी बोकेर मात्र हुन्छ ? जन्या भए पो ! ढंग हुनुपर्‍यो नि ढंग !!
दुई महान राजनेता, राष्ट्रबादी राजनेता, माओबाद, लेलिनबाद र मार्क्सबादका अशली उत्तराधिकारीज्यूहरुलाई एक भएकोमा हार्दिक बधाई । बरु सँसारमै बिरलै देख्न पाइने यस्तो ऐतिहासिक एकताबाट मोदीले पाठ सिकुन । अरु देशले पनि पाठ सिकुन ।
अब बन्ने ४९९ जनाको केन्द्रिय समिति अलि सानो हुने भयो भन्ने हाम्लाई लाइराछ । यस अघिनै माओवादी पार्टीको एक्लैको केन्द्रिय समिति चारहजार जनाको भएको हुनाले अब दुई पार्टी एक हुँदा कमसेकम आठ हजार पुर्‍याउनुपर्ने हो । केन्द्रमा मात्र होइन जिल्ला, क्षेत्र, प्रदेश, नगर, गाउँ सबै कमिटीमा पनि सोही अनुसारका कमिटीहरु बनाइयोस । नेपालको कम्युनिस्ट पार्टी सँसारकै सबभन्दा ठुलो पार्टी भनाइयोस । नयाँ रेकर्ड कायम गराइयोस । यही कामना ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक