20180518

सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले नारायण ज्ञवालीको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमितिको चयन

Image may contain: 9 people, people smiling, people standingकाठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको हालै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले नारायण ज्ञवालीको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमितिको चयन गरेको छ । महासंघको उपाध्यक्ष श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मीना खड्का, महासचिवमा रामकृष्ण हुमागार्इं, सचिवमा यमबहादुर पछाई र कोषाध्यक्ष ज्ञानु पाण्डे निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा १ नं प्रदेशबाट भूमिका सुब्बा र नागेश पोख्रेल, २ नं बाट दुर्गा चौंलागाई र विजय गैरे, ३ नं बाट अनिता मैनाली र हरिशरण तामाङ, ४ नं बाट फूलमाया
वाग्ले र देवेन्द्र गुरुङ, ५ नं बाट विदय थापा र मीरा मरासिनी तथा ७ नं प्रदेशबाट प्रदीप शाह निर्वाचित भएका छन् । यसैगरी खुला सदस्यमा शेरबहादुर बस्नेत, हरि छन्त्याल, जंगबहादुर महतो, राजेश्वर ढकाल, सार्कीमान तामाङ निर्वाचित भएका हुन् ।
                        Image may contain: Narayan Gyawali, sitting
नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित ज्ञवालीले १०७ वर्ष वितिसक्दा पनि नेपालका दुरदारजका गाँउमा अझै विद्युत्को पहुँच पुग्न नसकेको बताए । उनले भने ‘हामी ग्रामीण भेगमा काम गर्ने भएकाले हाम्रो उद्देश्य भनेकै दुर्गम गाउँका घरघरमा विजुली पुर्याउनु हो ।’ ‘जनतालाई सहभागिता गराएर सरकारको सहयोगमा अबको केही समयमै ग्रामीण क्षेत्रका आम जनताको घरघरमा उज्यालो पुर्याउने हाम्रो काम हुनेछ’ अध्यक्ष ज्ञवालीले भने । विद्युत् उत्पादनशील कार्यमा मात्रै उपयोग गरिने भन्दै उनले गाउँका हरेक घरमा धुँवारहित चुलो बनाएर महिलाहरुको स्वास्थ्यमा समेत ध्यान दिइने बताए । निर्माण सञ्चारसँगको कुराकानीमा उनले भने ‘हामीले परम्परागत दाउरे चुलोलाई विस्थापित गरेर हरेक घरमा धुँवारहित चुलो ल्याउने योजना बनाएका छौँ ।’ अध्यक्ष ज्ञवालीले दुरदराजका गाउँमा घरेलु उद्योग सञ्चालन गरेर आम महिलालाई उद्यमी बनाउने उद्देश्य रहेको दाबी गरे । नब निर्बाचित अध्यक्ष नारायण ज्ञवाली सहित कार्य समिती समस्त परिवारलाई बधाई र कार्यकालको सफलताको कामना नेपाल मदर डट कमको तर्फबाट ।   
Image may contain: 6 people, including Narayan Gyawali, people sittingImage may contain: Narayan Gyawali, smiling, standing and outdoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक