20180611

वासिङ्टन डिसीमा नेपाली चलचित्र "ऐश्वर्य" ले वाहवाही बटुल्यो, दोश्रो शो पनि गरिँदै !

Image result for नेपाली चलचित्र "ऐश्वर्य" Image may contain: 2 people, people standing, outdoor and natureनेपालमा सुपरहिट र सफल नयाँ नेपाली चलचित्र "ऐश्वर्य" वासिङ्टन डिसीमा प्रदर्शन भयो । अन्तर्राष्ट्रिय कलाकार मँचका महासचिब एबम सदाबहार चक्लेटी हिरो रमेश उप्रेतीद्वारा अभिनित उक्त चलचित ले यस बर्ष ब्लक बस्टर मुभी अफ द इयर २०७४ अवार्ड प्राप्त गर्न सफल भएको उक्त चलचित्र हेर्न उपस्थित दर्शकहरुले
चलचित्र हियर पछी भन्दै थिए नेपाली फिल्म यती राम्रा पनि बन्न थालेछन खुशी लाग्यो ।

लामो समय अमेरिका बसेर नेपाल फर्किएका रमेश उप्रेतीलाई चिन्नेहरु भन्दैथिए - रमेशजी यति बर्ष पछि पनि अभिनय मा फर्केर र राम्रो चलचित्र खेलेर आफूलाई सदाबहार बनाउन सफल हुनुभएको देखेर खुशी लाग्यो ।

चलचित्रमा रमेश उप्रेतीको अभिनय राम्रो त छँदैछ, दीपिका प्रसाइ, केकी अधिकारी, प्रशान्त ताम्राकार, निर्मल शर्माको भूमिकालाई पनि दर्शकले मज्जाले रुचाए । यो चलचित्रलाई रमेश उप्रेतीको कमब्याक भन्दै दर्शकले खुशी ब्यक्त गरेकाछन् ।

चलचित्रमा मुख्य कलाकार रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाँइलाइ फिचरिङ गरिएको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता अर्जुन श्रेष्ठ र किरणराना उप्रेती रहेका छन । निर्मल शर्मा सह(निर्माता रहेको चलचित्रलाइ सुदिप बरालले छायांकन गरेका छन । 

लोमन्स फिल्म हलमा प्रदर्शित उक्त नेपाली चलचित्र "ऐश्वर्य" हेर्न आएका पुस्कर पन्त, भुप नारायण घर्तिमगर, नबिन केसी, खगेन्द्र थापा, मुकुन्द कोइराला, कबिन्द्र सिटौला, प्रकाश नेपाल, अम्बिका गुरुङ, मन थापा लगायतका दर्शकहरु भन्दै थिए - नेपाली फिल्म मा पनि अब आशा गर्ने थाउन देखियो । हामीलाई चलचित्रको कथाबस्तु देखी कलाकारहरुको अभिनय सम्मा सबै मन पर्‍यो ।

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष एबम कलाकार रामप्रसाद खनाल चलचित्र हेरिसके पछि आफ्नो मँचका महासचिब रमेश किरण उप्रेती र सदस्य निर्मल शर्मा प्रति गर्व मात्र ब्यक्त गरेनन सबै कलाकार र अभिनयको तारिफ गर्दै नेपाली चलचित्र स्तरिय बन्न थालेकोमा आफु हर्सित भएको बताए ।
चलचित्रका निर्माता, निर्मात्री देखी, नायक नायिका, खलनायक, सबै कलाकारहरुलाई खनालले धन्यवाद पनि ब्यक्त गरे ।
वासिङ्टन डिसीमा नेपाली चलचित्र "ऐश्वर्य" ले वाहवाही बटुल्यो नै तर दर्शकहरुको अनुरोधमा अब दोश्रो शो पनि गरिँने भएको छ ।
Image result for नेपाली चलचित्र "ऐश्वर्य"
Image result for नेपाली चलचित्र "ऐश्वर्य"

Image result for नेपाली चलचित्र "ऐश्वर्य"

No automatic alt text available.
Image may contain: 6 people, including Kabindra Sitoula, Bhupnarayan Ghartimagar and Ram Prasad Khanal, people smiling, people standing
Image may contain: 8 people, people smiling
     







Image may contain: 6 people, including लोचनमान श्रेष्ठ, Bhupnarayan Ghartimagar and Navin K KC, people smiling, people standing
Image may contain: 8 people, including Ambika Gurung and Ram Prasad Khanal, people smiling, people standing
Image may contain: 5 people, including Gyanu Gautam Gyawali and Krishna Poudel, people smiling, people standing and indoor
Image may contain: 12 people, including Navin K KC, Ram Prasad Khanal, लोचनमान श्रेष्ठ, Manoj Gyanu Gyawali and Gyanu Gautam Gyawali, people smiling, people standing and indoor
Image may contain: 6 people, including Gyanu Gautam Gyawali and Ram Prasad Khanal, people smiling, people standing and indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक