20180612

अमेरिका र उत्तर कोरिया शत्रुताबाट मित्रता तर्फ अगाडि बढ्दै, ऐतिहासिक सम्झौता सम्पन्न, हेर्नुस के के भयो !

पढ्नुस् ट्रम्प र किमबीच भएको बृहत सम्झौताको पूर्णपाठ
संयुक्त वक्तव्य :
अमेरिकी राष्ट्रपति डोनाल्ड जुनियर ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला परिषदका अध्यक्ष किम जोङ उनबीच सिंगापुरमा जुन १२, २०१८ मा ऐतिहासिक सम्मेलन सम्पन्न
भएको छ।

सम्मेलनका क्रममा अमेरिका–उत्तर कोरिया सम्बन्ध नयाँ सिराबाट स्थापना गर्न तथा कोरियाली प्रायद्वीपमा स्थायी र शान्ति पुनःस्थापनाका विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले बृहत तथा गम्भीर र इमान्दारितापूर्वक आफ्ना विचारहरु राखेका छन्। 
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षा ग्यारेन्टीको प्रतिवद्धता जनाए। अध्यक्ष किमले कोरियाली प्रायद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरणको आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्। 

अमेरिका उत्तर कोरियाबीच नयाँ सम्बन्ध स्थापना हुँदा कोरियाली प्रायद्वीपका साथै समग्र विश्वमा शान्ति र समृद्धिमा सहयोग पुग्ने कुरामा सहमत हुँदै आपसी विश्वासबाट कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणलाई प्रवर्द्धन गर्ने कुरालाई पहिचान गर्दै राष्ट्रपति ट्रम्प र अध्यक्ष किमबीच यो सहमति भएको छ। 

१ दुवै देशका जनताको शान्ति र समृद्धि प्रतिको चाहना अनुरुप संयुक्त राज्य र उत्तर कोरिया नयाँ अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापना गर्ने प्रतिवद्ध छन्। 

२. अमेरिका र उत्तर कोरिया कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि संयुक्त रुपमा आवश्यक काम गर्नेछन्। 

३. गत अप्रिल २७, २०१८ को पानमुनजोम घोषणालाई पुनः पुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरणका लागि अगाडि काम गर्न प्रतिवद्धता व्यक्त गर्दछ।

४ युद्धबन्दी तथा वेपत्ता रहेकाहरुको खोजीका साथै पहिचान भएकाहरुको तत्काल स्वदेश फिर्तीका लागि अमेरिका र उत्तर कोरिया प्रतिवद्धत व्यक्त गर्दछन्। 

अमेरिका–उत्तर कोरियाली सम्मेलन इतिहासमै पहिलो र दुई देशबीच दशकौं लामो तनावलाई महत्वपूर्ण प्रभाव पार्दै नयाँ भविष्यको ढोका खोलेको छ। 

राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले संयुक्त सम्झौतालाई पूर्ण कार्यान्यवनका लागि प्रतिवद्धता व्यक्त गरेका छन्। दुवै देशले निरन्तर रुपमा संवादलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्। अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पो र उत्तर कोरियाका उच्च अधिकारी नेतृत्वको टोलीबीच निकट भविष्यमै संवाद गरी अमेरिका उत्तर कोरिया सम्मेलनको उपलब्धिको कार्यान्वयनका विषयमा छलफल गर्न सहमति भएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)का राज्य मामिला परिषदका अध्यक्ष किम जोङ उन कोरियाली प्रयायद्वीपका साथै सम्पूर्ण विश्वमा शान्ति सुरक्षाको र समृद्धिका लागि अमेरिका–उत्तर कोरियाको नयाँ सम्बन्धको विकास गर्न प्रद्धिवता व्यक्त गर्दछौं। 

कोरियन हेराल्डले प्रकाशित गरेको ट्रम्प र किमबीच हस्ताक्षर भएको बृहत सम्झौताको भावानुवाद। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक