20180616

प्रचण्ड र बाबुराम जस्ता नेपालका हत्याराहरुका नायकहरुको ठाडो हस्तक्षेपमा हत्याराहरुलाई बँचाइदै

बिपक्षमा हुँदा कुर्लने, सत्तामा गए पछि बहिरा बन्दै आएका एमाले काङ्रेसहरु पनि यो अपराधमा प्रचण्ड बाबुराम भन्दा कम दोशी छैनन
****
नेपालको ईतिहासमा बिगतमा धेरै अन्याय र अत्याचार भएका हामीले सुन्दै पढ्दै आएका छौं तर अाफ्ना सत्र बर्से छोराका हत्याराहरुलाई कार्वाहीको माग गर्दा गर्दै श्रीमान गुमाए पनि शाहस र हिम्मतका साथ अनशन बसेर राज्य र हत्याराहरुलाई चुनौती दिने सामर्थ्य राख्ने यि यस्ती साहसी, निडर, बहादुर महिला नेपालमामा छन भन्दा आठौँ आस्चर्यको बिषय बन्न पनि सक्छ । 
****
माओवादी अपराधीहरुले अाफ्ना छोराको हत्या गरेको र हत्याराहरुको किटानी उजुरी दिँदा समेत प्रचण्ड र बाबुराम जस्ता नेपालका हत्याराहरुका नायकहरुको ठाडो हस्तक्षेपमा हत्याराहरुलाई बँचाइदै आएको छ । यिनै हत्याराहरुका नायकहरुलाई काखी च्याप्दै कहिले काङ्रेस त कहिले एमालेले न्यायको धज्जी उडाउँदै आएका छन । सत्ता र शक्तिको स्वार्थमा न्यायको धज्जी उडाउने, बिपक्षमा हुँदा कुर्लने, सत्तामा गए पछि बहिरा बन्दै आएका एमाले काङ्रेसहरु पनि यो अपराधमा प्रचण्ड बाबुराम भन्दा कम दोशी छैनन । यि शाहसी, निडर र बहादुर आमालाई नेपाल मदर डट कम सधैं सम्मान र सलाम गर्दछ र उनको न्यायको लडाईंमा सधैं साथ दिने प्रण गर्दछ । नेपाल मदर डट कमले यस बिषयमा शुरु देखिनै अधिकारी दम्पत्तिको न्यायको पक्षमा वकालत गर्दै आएको तर न्यायको अबशान भएको देखेको तितो अनुभब स्मरण गराउन चाहन्छ । हत्यारा अपराधीहरु र यिनलाई पालै पालो बोक्ने नालायकहरु प्रति भ्रत्सना गर्दै हत्याराहरुलाई कार्वाही गर्नु पर्ने यि आमाको माग उपर मुख खोलिदिन नेपाल मदर डट कम सबै सबैमा हार्दिक अपिल पनि गर्दछ ।
हत्याराहरुका नायकहरुलाई काखी च्याप्दै कहिले काङ्रेस त कहिले एमालेले न्यायको धज्जी उडाउँदै आए !

गंगामायाको आत्मकथा ‘न्यायको अवसान’ सार्वजनिक
काठमाडौं, असार १ । तत्कालीन माओवादी कार्यकर्ताबाट मारिएको छोराका हत्याराका लागि कानुनको कठघरामा ल्याउन माग गर्दै वर्षौंदेखि सत्याग्रहमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको आत्मकथा
‘न्यायको अवसान’ सार्वजनिक गरिएको छ ।
गंगामाया अधिकारी बचाऊ अभियानको सहयोगमा पत्रकार एवं लेखक घनश्याम खड्काले गंगामायाको आत्मकथा लेखेका हुन् ।
छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै गंगामाया विगत ६ वर्षदेखि वीर अस्पतालमा अनशनरत् छिन् ।
गंगामायाका पति नन्दप्रसादको पनि अनशनकैक्रममा मृत्यु भएको थियो भने उनको अझैसम्म दाहसंस्कार हुन सकेको छैन ।
किटानी उजुरी परेका व्यक्तिहरुलाई कारबाही गर्ने मागको सम्बोधन गर्न सरकार झन्–झन् उदासीन बन्दै गएको अवस्थामा आफ्नो मृत्युपछि पनि न्यायको लडाइँ नमरोस् भन्ने उद्देश्यले गंगामायाको आग्रहमा आत्मकथा तयार पारिएको हो ।
भर्खर एसएलसी परीक्षा दिएर चितवन गएको कान्छो छोराको हत्याबाट उत्पन्न पीडादेखि छोराका हत्यारालाई कारबाहीको माग गर्नेक्रममा मानसिक अस्पताल पु¥याइएकोसम्मका घटनाक्रम आत्मकथामा समेटिएका छन् ।
त्यस्तै, न्यायको भीख माग्दा–माग्दै श्रीमान् गुमाउनुपरेको पीडा र त्यसपछि एक्लै अघि बढ्दाका संघर्ष पनि आत्मकथामा समेटिएको कथा लेख्दै गर्दा आफू पनि भावुक बनेको लेखक खड्काले बताए ।
शुक्रबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सर्वोच्च अदालतको आदेशलाई राजनीतिक सहमति भनेर मनपरी गर्न नपाइने बताए ।
नेपालको नागरिक समाज कित्ता–कित्तामा विभाजित भएकामा दुखेसो पोख्दै अध्यक्ष शर्माले नेपालमा राज्यसत्ताले चाह्यो भने जोसुकैलाई सिध्याउन सक्छ भन्ने देखिएको बताए ।
कार्यक्रममा संविधानविद् निलाम्बर आचार्यले अन्यायकासामु हार खानु हुँदैन भन्ने प्रमाण गंगामाया बनेको बताए ।
यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राज्य न्यायको प्रतिवादी भएर उभियो भने न्याय समाप्त भएको बुझ्नुपर्ने धारणा राखे ।
बुकहिल पब्लिकेसनले पुस्तक प्रकाशन गरेको हो । - प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक