20180616

अमेरिकाको वासिङ्टन डिसीमा "विश्व काब्य यात्रा"

अग्रज कवी / साहित्यकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कृति "बसन्त" को लोकार्पण आयोजना, चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुँदै    
 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा आगामी अगस्त ५ तारिख अमेरिकाको वासिङ्टन डिसीमा "विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला" आयोजना गरिदैछ । जसमा नेपालका अग्रज कवी / साहित्यकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा
प्रकाशित कृति "बसन्त" को लोकार्पण गरिने भएको छ ।

कार्यक्रममा चौधरी स्वयम पनि सहभागी हुनुहुने छ र वहाँले अाफ्ना कविता बाचन पनि गर्नुहुने छ । वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फ बाट नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा वहाँले पुर्‍याउनुभएको बिशेष योगदानको ऊच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । स्मरण रहोस अमेरिकामा आउने नेपालका कवी, कलाकार, साहित्यकार, लेखक, समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले सधैं यसरीनै सम्झिँदै अाइरहेका छन ।

अनेसास डिसी महसचिब भूप नारायण घर्तिमगरका अनुसार कार्यक्रम मनासस शहरको बेस्ट वेस्टर्न ब्यातल फिल्ड इन होटेलमा अगस्त ५ तारिख बेलुकी ५ बजे तय गरिएकोछ । जसमा वाशिङ्तन डिसी वरपर रहेका नेपालीहरुको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम "विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला" राखिएकोछ ।   
                     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक