20180604

सुन तस्करीको संगठित अपराध अनुसन्धान : गृह मन्त्रालयको आपत्ति

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको छ।  विज्ञप्तिमा भनिएको छ -‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा
सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक