20180605

हेम सरिता फाउन्डेशनले सार्वजनिक गर्यो यस बर्षको पुरस्कार

पत्रकारतर्फ शिव गाउँले, चन्द्र भण्डारी र देवीका जीएम छनोट, संगीततर्फ छानिए बरिष्ठ कलाकार जेवी टुहेरे

अमेरिकाको टेक्ससमा रहेको हेम(सरिता फाउण्डेसनले हरेक बर्ष प्रदान गर्ने पत्रकारिता र संगित पूरस्कारबाट सन् २०१८ मा सम्मानित हुने पत्रकार तथा कलाकर्मिको नाम सार्बजनिक गरेको छ ।

मंगलवार सार्वजनिक गरिएको सूचनाअनुसार यस बर्ष टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पूरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ । सम्मानपत्र सहितदुई हजार अमेरिकी डलर रहेको सो पूरस्कारबाट यसअघि जिवेन्द्र सिम्खडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, हरिबहादुर थापा र राजन शर्मा सम्मानित भइसक्नु भएको छ ।
यसैगरी सम्मानपत्र र पाँचसय अमेरिकी डलर बराबरको रकमसहित प्रदान गरिने टंकप्रसाद रमादेवी साधना पूरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा कञ्चनजंघा एफएम झापाका पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ । यो पूरस्कारबाट बरिष्ठ पत्रकार राजेश्वर नेपाली, मोहन भण्डारी, मदन ढकाल सम्मानित भइसक्नु भएको छ ।
यस्तै सम्मानपत्र सहितपाँचसय अमेरिकी डलर बराबरको टंकप्रसाद रमादेवी प्रोत्साहन पूरस्कार प्रेस चौतारी नेपालकी केन्द्रीय सचिव तथा थाहाखबर डटकमकी सम्वाददाता देविका घर्तिमगरलाई पुरस्कृत गरिने भएको छ । यसअघि यो पूरस्कारबाट माधव विद्रोही, लिला बराल, लियाकत अलि सम्मानितहुनु भएको थियो ।
यसैगरी यस बर्षको हेम सरिता संगीत पूरस्कार बरिष्ठ कलाकार जेवी टुहूरेलाई गरिने भएको छ । नेपाली कला र संगीतका माध्यमबाट समाज परिवर्तनका लागि बिशिष्ठ योगदान दिए वापत सम्मानपत्रसहित एक हजार अमेरिकी डलरको यो पुरस्कारबाट यसअघि डा भोला रिजाल, प्रेमराजा महत, सपनाश्री, वीवी अनुरागी, जीवन शर्मा, कृष्ण कँडेल र नारायण रायमाझी सम्मानित हुनु भएको थियो ।
पत्रकारिता पूरस्कार निर्णयका लागि नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजक र जिवेन्द्र सिंखडा तथा फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो भने संगीत पूरस्कारका लागि प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला, जिवेन्द्र सिंखडा र फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो । घोषणा गरिएका पुरस्कार यसै बर्षको हिउँदमा काठमाडौंमा प्रदानगरिने छ ।
अमेरिकामा रहेर व्यापार व्यवसायमा संलग्न समाजसेवी हेम पाठक र सरिता पाठकले स्थापनागर्नु भएको हेम सरिता फाउण्डेसनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरी कक्षा आठ देखि दशसम्म निजी खर्चमा सञ्चालन गर्दै आएको छ भने सोही क्षेत्रमा विपन्नहरुका लागि दश वटा आवास पनिनिर्माण एवं जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक काम गर्दै आएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक