20180705

सत्तामा हुँदा देख्दैन काँग्रेस, जब प्रतिपक्षमा पुग्छ बल्ल उसका आँखा खुल्छन ! कठै काँग्रेस, तिम्रो लीला पनि केपी ओली र अपराध सरदारको भन्दा कम छैन !!

हामी त गंगामाया र डा. केसीको पक्षमा छौं,
  तपाईं नि ?? 

**नेपाल आफै नखेलेको विश्वकप फुटवल खेलमा बिभिन्न देशका जर्सी लगाएर बुरुक्क बुरुक्क उफ्रिने, मध्यरातमा गोल गोल भनेर चिच्याउने, कुनै देशको समर्थन मा त कुनै देशको बिरोधमा कहिले रुने, कहिले हाँस्ने, कहिले सडकमा जुलुश गर्ने, नाच्ने, कहिले बाजी ठोक्ने, कतै पूजा लगाउने हामी नेपाली आफ्नै देश भित्र आफ्नो सत्र बर्से छोराको हत्यारा लाई कार्वाही गरियोस भनेर न्याय माग्दा ज्यान गुमाएका नन्द प्रसाद अधिकारीको लाश अस्पताल भित्र कुहिन लाग्दा मुख खोल्दैनौँ, आमा नन्दमाया न्यायको लडाईंमा छन तर हामी उनको पक्षमा बोल्दैनौं ।
डा. गोबिन्द केसी जस्ता जनताको बोली बोल्ने नेपाली अन्ना हजारेको पक्षमा हाम्रा बन्द मुखहरु खोल्दैनौँ । अपराधीका सरदारहरुको दास बनेर बोक्रे राष्ट्रबाद ओकेल्छौँ । छि छि छि हामी जति नालायक संसारमा कोही छन होलान अरु ??


अपराधीहरुको राज चलिरहेको नेपालमा न्याय माग्ने गंगा माया र जनताका लागि बोल्ने डा. गोबिन्द केसीलाई मार्न खोजिँदैछ । हरेक नेपालीले यि दुई साहसी प्रति एक्यबध्दता जाहेर गरौँ । नालायक, अपराधीहरु, माफिया र भ्रस्टहरुको भ्रत्सना गरौँ । गंगामाया र डा. केसीको जिबन रक्षा गरौँ ।
# We are with Gangamaya and Dr. KC and you ??  - www.Nepalmother.com 



Image may contain: 1 person, sleeping

Image may contain: one or more people

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक