20180704

अपडेट : अमेरिकाको भर्जिनिया फेयर फ्याक्समा सुनोको ग्यास स्टेशनमा काम गर्ने एक जना नेपाली रेशम बजगाईको आज गए राती १ बजे हत्या

Updated.............
Image may contain: one or more people and sunglasses
एउटा दु:खद समाचार, स्वर्गीय बजगाई प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ।  
अमेरिकाको भर्जिनिया फेयर फ्याक्समा सुनोको ग्यास स्टेशनमा काम गर्ने एक जना नेपाली रेशम बजगाईको आज गए राती १ बजे हत्या गरिएको छ । सुरक्षाका हिसाबले अत्यन्त सम्बेदनशिल क्षेत्रमा रहेको उक्त स्टेशनमा गत एक बर्षमा ८ वटा घटना घटिसकेको प्रहरीले नेपाल मदर लाई बताएको छ । प्रहरीले हत्याको अभियोगमा १९ बर्सिय अब्दुल्लाहिलाई स्टेशन बाहिरबाट घटना लगत्तै पक्राउ गरी हिराशतमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र सबैकुरा अनुसन्धान पछी प्रकाशमा ल्याउने बताएको छ । शुरुमा हत्या गोली हानी गरिएको भनिए पनि प्रहरी अनुसन्धानमा Fire Extinguisher ले हानी हत्या गरिएको प्रहरी श्रोतले बतायो तर सम्पूर्ण विवरण आउन बाँकी छ ।   मारिएका
नेपाली बजगाई ४० बर्षका थिए । पुर्ख्यौली घर गोरखा भई हालै चितवन जिल्लाको भरतपुर सरेका उनी अमेरिका आएको ९ महिना मात्र भएको थियो ।  ५ बर्षकी छोरी एक छोरी र श्रीमतीका साथ अमेरिकामा बस्दै आएका उनको आगामी शनीवार हर्नडन भर्जिनियामा सतगत गर्ने तयारी भैरहेको छ भने उनको सहयोगका लागि  केही सहयोग पुगोस भनेर एन आर एन भर्जिनिया च्याप्टरले गो फण्ड खोलेको छ । https://www.gofundme.com/helpfamily-of-resham-who-was-killed
आफु सक्दो सहयोग गरिदिन सबैमा नेपाल मदर डट कम परिवार पनि हार्दिक अनुरोध गर्दछ । 
              see this link for police information:
WASHINGTON — Fairfax County police say the Wednesday morning killing of a gas station clerk in the Franklin Farm Village Shopping Center in Herndon, Virginia, possibly began as a robbery.

Police say the killing of Resham Bajgain, happened inside the Sunoco gas station in the 13300 block of Franklin Farm Road at 1:15 a.m. Police found Bajgain, 40, of Herndon, dead with blunt force trauma to the upper body.

Homicide detectives and patrol officers responded to the scene, where the suspect, Mohamed Abdullahi, was immediately arrested in the shopping center parking lot.

Detectives believe that Abdullahi, 19, of Herndon, approached several people in the shopping center.

Police are hoping to speak to the driver of a Pontiac GTO, a potential witness who was spotted near the Sunoco around the time of the homicide.

The gas station remains an active crime scene.

Anyone with information is asked to call police. Police say this is the eighth homicide of the year.
31070890_1530736122890138_r.jpeg

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक