20180709

हरिभक्त कटुवालको स्मृतिमा आइतबार अमेरिकाको ड्यालसमा कार्यक्रम सम्पन्न

बिकास राज न्यौपाने /  ड्यालस (टेक्सस) – झण्डै ३८ वर्ष अघि निधन हुनुभएका कवि/गीतकार हरिभक्त कटुवालको स्मृतिमा आइतबार अमेरिकाको ड्यालसमा कार्यक्रम सम्पन्न भएको छ । बिक्रम सम्वत २०३० को दशकमा अतिनै चर्चित तथा क्रान्तिकारी छवी बनाएका कटुवालका रचना तथा गीत गाएर श्रष्टाहरुले सम्मान व्यक्त गरेका थिए । श्रष्टा साँझ तथा हिमालय खबरको संयुक्त आयोजना भएको कार्यक्रममा कटुवालद्वारा रचिएका कविताहरु स्थानीय बालिकाहरुले समेत वाचन गरेका थिए । त्यस्तै स्थानीय बालिका चाहना खरेलले कटुवालद्वारा रचयित गीत ‘डालीडाली फुल फुल्यो’ मा नृत्य प्रस्तुत गरेकी थिइन् । 

अनौपचारिक रुपमा सुरु भएको कार्यक्रममा बैकुण्ठ आचार्य, हरिबोल भण्डारी, कृतिमा लामिछाने, भगवती पौडेल, सुरेश पोखरेल, बाल जोशी, नेत्र आचार्य, लीला श्रेष्ठ, विजयराज भट्टराई लगायतले कविता वाचन गरेका थिए । स्थानीय ज्ञानेश्वर श्रेष्ठले हरिभक्त कटुवालद्वारा रचयित गीत गाएका थिए । 

कार्यक्रममा स्थानीय बालिकाहरु स्तुती बराल, आर्या घिमिरे र आकृति भट्टले पनि कटुवालद्वारा रचयित कविता वाचन गरेका थिए । 

कार्यक्रमको बारेमा श्रष्टा साँझका प्रभात दीक्षित र बेदनिधि दाहालले बताएका थिए । 

भारतको आसाम डिब्रुगढमा सन् सन् १९४३ जुलाई २ मा जन्मिएका हरिभक्त कटुवालका अधिकांश जीवन नेपालमा बितेको थियो । नेपाली भाषा, साहित्यका लागि कटुवालले ठूलो योगदान गरेका छन् । कटुवालद्वारा रचयित कालजयी गीतहरु अहिले पनि धेरैको मन मस्तिष्कमा छन् । 

जीवनको उत्तरार्धमा काठमाडौंबाट आसाम फर्किएका कटुवालको निधन सन् १९८० सेप्टेम्बर १० मा भएको थियो ।
भिडियो लिंक:

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक