20180821

हाम्रो देशले पनि यस्तै एउटा प्रधानमन्त्री पाईदिए कस्तो हुन्थ्यो होला हगी ? हेर्नुस त !

https://www.facebook.com/thecentrummedia/videos/309373799819374/?hc_ref=ARRAoabyEWYLFz-vuYkPOyBSK_CuxvlpJs1Mc3ABgNTu9qus08lZEGtJaHdBNnFyBX0&__tn__=FC-R
Imran Khan's first speech to the nation as Prime minister of Pakistan 
***********
Older post - August 20, 2018

जहाँ रहुँ - सबैभन्दा पहिला नेपाली हुँ म। नेपाली भाषा, साहित्य, गीत, संगीत, कला र संस्कृतिको जगेर्ना र विकास मेरो धर्म हो, मेरो कर्म हो । नैतिकता, विश्वाश, अनुशासन, मर्यादा, कुनै पनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिने सेवा भाव मेरा माता पिताले देखाएको बाटो हो, सिकाएको पाठ हो, आदर्श हो । यो भन्दा बाहिर गएर म कसै सँग कुनै पनि कुरामा सम्झौता गर्न पनि सक्दिन र गर्ने पनि छैन । विश्वाश गर्ने वा नगर्ने तपाईंहरुकै जिम्मा ।
निर्वाचन हुन गैरहेका निम्नानुसार पदहरुमा साथीहरुलाई मतदान गरी बिजयी बनाउन लाग्नुहुन म सबैमा सादर निबेदन गर्दछु ।
अध्यक्षमा - राधेश्याम लेकाली
अमेरिका उपाध्यक्षमा - प्रकाश नेपाल
महासचिबमा - रामप्रसाद खनाल
सचिबमा - लाल गोपाल सुबेदी
Note: बिदेशको बसाई, समयको पावन्दी, सबै सँग फोनमा वा प्रत्यक्ष भेट नहुन पनि सक्छ तर यहाँहरु सँगैछु, तपाईंहरुको साथ र सहयोग पाइरहुँ ।



वाशिङटन डिसी मेट्रो कमिटीले गर्‍यो लेकाली, नेपाल, खनाल र सुबेदीलाई इन्डोर्स !


 समुहलाई निर्वाचित बनाउन एक भएर लाग्ने सामुहिक प्रतिबध्दता जाहेर
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङटन डिसी मेट्रो कमिटी महासचिब  भुप नारायण घर्तिमगरले एक प्रेस बिज्ञप्ती जारी गर्दै भन्नु भएको छ :  "अनेसासको केन्द्र भन्दा बाहिर रहेको सबै भन्दा ठुलो र बढी आजिबन सदस्य रहेको हाम्रो  वाशिङटन डिसी मेट्रो कमिटी यही अगस्त २२, २३, २४ तारिखमा हुन गैरहेको केन्द्रीय निर्वाचनमा वाशिङटन
डिसी मेट्रो कमिटी सर्ब सम्मत रुपमा महासचिबमा उम्मेदवारी दिनुभएका यस मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल, अमेरिका अध्यक्षमा उम्मेदवारी दिनुभएका हाम्रो कमिटीका सल्लाहकार प्रकाश नेपाल, अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका हालका बरिस्ठ उपाध्यक्ष एबम नेपाल शाखा अध्यक्ष राधेश्याम लेकाली र सचिबमा उम्मेदवारी दिनुभएका बोस्टन शाखा अध्यक्ष लाल गोपाल सुबेदीलाई इन्डोर्स गर्दै वहाँहरुका पक्षमा उभिने र वहाँहरुको अनेसास सबल बनाउने अभियानमा सक्रिय हुँदै यो समुहलाई निर्वाचित बनाउन एक भएर लाग्ने सामुहिक प्रतिबध्दता जाहेर गर्दछौँ । समुहबाट निर्बिरोध निर्वाचित सबैलाई वाशिङटन डिसी मेट्रो कमिटीले बधाई पनि ज्ञापन गरेको छ । धन्यवाद ।"

 - भुप नारायण घर्तिमगर , महासचिब एबम
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
 वाशिङटन डिसी मेट्रो कमिटी समस्त परिवार ।





निर्बिरोध साथीहरुलाई बधाई, चुनाव हुन बाँकी पदमा सहयोगका लागि सबै सँग अपिल !
अनेसासको २०१८-२०२० को लागि हुन गरहेको निर्वाचनमा हाम्रो समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला, उपाध्यक्षहरुमा भीमसेन सापकोटा (अस्ट्रेलिया ), नीशा अर्याल (एसिया ) र सुनिल संगम (युरोप ), कोषाध्यक्षमा विकास विष्ट ( अमेरिका ) निर्विरोध रुपमा निर्वाचित भैसक्नुभएको भएको छ । वहाँहरु सबैलाई मरो तर्फ बाट र समस्त टीमको तर्फबाट हार्दिक बधाई !
निर्वाचन हुन गैरहेका निम्नानुसार पदहरुमा साथीहरुलाई मतदान गरी बिजयी बनाउन लाग्नुहुन म सबैमा सादर निबेदन गर्दछु ।
हाम्रो साझा समुहका निम्न उम्मेदवार साथीहरुलाईहरु मतदान गरिदिनुहुनेछ, हामीलाई पूर्ण विश्वाश छ : :
अध्यक्षमा - राधेश्याम लेकाली
अमेरिका उपाध्यक्षमा - प्रकाश नेपाल
महासचिबमा - रामप्रसाद खनाल
सचिबमा - लाल गोपाल सुबेदी
सदस्यहरुमा पनि निर्बिरोधको सम्भावना छ, नभएमा पछी हामी खबर गर्ने नै छौं ।
Note: बिदेशको बसाई, समयको पावन्दी, सबै सँग फोनमा वा प्रत्यक्ष भेट नहुन पनि सक्छ तर यहाँहरु सँगैछु, तपाईंहरुको साथ र सहयोग पाइरहुँ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्माज २०१८- २०२० को लागि हुन गइरहेको निर्वाचनमा सबै आजीवन सदस्यज्यूमा साथ र सहयोगको हार्दिक अनुरोध गर्दछौँ ।
************
सामूहिक प्रतिबद्धता
१. अनेसाससँग सम्बद्ध सबैलाई समेट्दै संस्थालाई नयाँ जोस र जाँगरका साथ अगाडि बढाउन मिलेर काम गर्ने ।
२. आजीवन सदस्य नामावालीलगायतका विविध विषयलाई व्यवस्थित गर्ने ।
३. पूर्वअध्यक्ष, सल्लाहकार, बिओटी तथा अन्य पदाधिकारीसँग समन्वय गर्ने ।
४. अनेसासको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने र आर्थिक रूपमा मजबुत तुल्याउने ।
५. नेपाली भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने ।
६. निर्वाचित भएको ३ महिनाभित्र समयानुकूल विधान संशोधन गरी अनेसासको संस्थागत सुधार गर्न मिलेर काम गर्ने ।
निर्वाचनको सँघारमा निराधार हल्ला आउँछन, फुटाउन कोशीश हुन्छन तर हामी एक छौं, सबै मिलेर अनेसास राम्रो बनाउने हो, शँका नगरौँ । हामी र हाम्रो टिम एक छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को यही अगस्त २२, २३, २४ तारिखमा हुन गैरहेको केन्द्रीय निर्वाचनका सन्दर्भमा वाशिङटन डिसी मेट्रो कमिटीको बर्तमान अध्यक्ष र केन्द्रीय महासचिब पदको उम्मेदवारको रुपमा फेसबुक लाईभ मार्फत गरिएको मेरो महत्वपूर्ण घोषणा ।
Please click this link below:
******************
http://www.ramprasadkhanal.com/
RamPrasadKhanal.com , Ram Prasad Khanal   ( रामप्रसाद खनाल )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक