20180824

प्रहरीले गोली चलाउँदा एक किशाेरको मृत्यु, गोली लागेर घाइते भएका पाँच जना अस्पतालमा

 कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाबका लागि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशाेरको मृत्यु भएको छ । ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच
जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीले भने मृतकका बारेमा केही भनेका छैनन् ।
प्रहरीले हानेको गोली किशाेरको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गोलीले घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक