20180829

नेपाल पत्रकार मञ्चको सम्पन्न पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गर्‍यो

युबराज विद्रोही सहित सिङ्गो टिमलाई हार्दिक बधाई !
नेपाल पत्रकार मञ्चको सम्पन्न पाँचौ महाधिवेशनले मेरा प्रिय भाई, बुटवल देखी नै पत्रकारितामा मलाई साथ दिँदै र सहयोग गर्दै आएका उर्जाशील पत्रकार युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको खबरले अत्यन्त खुशी छु । युबराज भाई सहित सिङ्गो टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु र कार्यकालको सफलताको लागि शुभकामना दिन चाहन्छु ।  
- रामप्रसाद खनाल - प्रधान सम्पादक, नेपाल मदर डट कम, अमेरिका 


सोही कार्यक्रमा राजदुत बेन्नी ओमेरले पत्रकार योगेन्द्र प्रताप शाहीद्धारा स्थापना गरिएको प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट एशिया प्यासिफिक दैनिकमा कार्यरत पत्रकार आस्मिका गुरागाईंलाई सम्मान प्रदान गरेका थिए, भने अग्रजपत्रकारद्वय अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी तथा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो ।
सोही अवसरमा अन्य पत्रकार र पत्रकारीताका क्षेत्रमा विशेष योगदान दिएका मानुभावहरुलाई पनि राजदुत बेन्नी ओमेरले सम्मान गरेका थिए ।
सो कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको निम्ति जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताए । विगतमा परिवर्तनका निम्ति नेपाली सञ्चार जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आचार्यले व्यवसायिक पत्रकारिताको निम्ति जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको समेत उक्त अवसरमा उल्लेख गरेका हुन ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मुलुकी संहिता जारी भएपश्चात स्वतन्त्र पत्रकारितामा अंकुश लाग्न सक्ने आशंका बढेको बताए । उनले भने,‘अहिले जारी मुलुकी अपराध संहिताले स्वतन्त्र प्रेसमाथि सोझै अंकुश लगाउन सक्ने देखिएको छ । यसलाई सच्याउन महासंघ सरकारसँग माग गर्दछ ।’
नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको सम्पन्न पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
काठमाडांैमा सम्पन्न मञ्चको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाल निर्वाचित गरेको छ भने सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिष अबस्थी, पासाङ शेर्पा, मनुका कँुवर, सुनिता लोहनी तथा बसन्त शर्मा चयन भएका छन ।
नवनिर्वाचित अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा नेपाल पत्रकार मञ्च सदैव क्रियाशील रहने बताए । उनले मुलुकमा जारी कुनै पनि कानुनले प्रेस स्वतन्त्रालाई हनन् गर्न नमिल्ने बताएका हुन ।
‘यदि स्वतन्त्र प्रेसको विपक्षमा कुनै पनि कानुन आउछ भने त्यसको कडा प्रतिपाद गर्न महासंघ लगायत पत्रकार मञ्च सदैव क्रियाशील हुनेछ ।’ उनले भने ।
Image may contain: 10 people, people standing and suit
Image may contain: 12 people, people sitting and indoor
Image may contain: 3 people, including Yubaraj Jee, people smiling, people sitting
Image may contain: 3 people, people smiling, people standing
Image may contain: 4 people, including Yubaraj Jee, people smiling, people standing, beard, suit and outdoor
Image may contain: 7 people, including Yubaraj Jee, people sitting and indoorImage may contain: 2 people, people smiling, people sitting and suitImage may contain: 9 people, including Yubaraj Jee and Chandra Mani Bhattarai, people smiling, people standing and indoor
Image may contain: 15 people, including Yubaraj Jee, people smiling, people standing and indoorImage may contain: 6 people, people smiling, people sitting and indoorImage may contain: 6 people, people smiling, people standing
Image may contain: 9 people, including Prajol Singh Thapa and Yubaraj Jee, people smiling, people standing and suit
Image may contain: 4 people, including Yubaraj Jee, people standing
Image may contain: 7 people, including Yubaraj Jee, people standing
Image may contain: 8 people, including Yubaraj Jee, people smiling, people standingImage may contain: 7 people, people smiling, people standingImage may contain: Chandra Mani Bhattarai and Yubaraj Jee, people smiling, people standing
Image may contain: 7 people, people standing and suit
Image may contain: 6 people, including Yubaraj Jee, people standing
Image may contain: 5 people, including Yubaraj Jee, people sitting and people standing
Image may contain: 5 people, including Prajol Singh Thapa, people standing, suit and indoor
Image may contain: 9 people, people smiling
Image may contain: 7 people, including Prajol Singh Thapa, people smiling, indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक