20180831

गैर आवासीय नेपाली संघ, अमेरिका : प्रेस बिज्ञप्ति


No automatic alt text available.आदरणिय अमेरिकावासी एनआरएन दाजुभाई तथा दिदीबहिनीहरु, 
सादर नमस्कार !

यहाँहरु सबैलाई बिदितै भएको बिषय हो कि गैर आवासीय नेपाली संघले आफ्नो स्थापन काल देखि नै गैर आवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको प्रावधान गरिनु पर्दछ भनेर भन्दै आएको हो । यस क्रममा गैर आवासीय नेपाली परिचय पत्र, संबिधानमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि प्रावधान लगायतका थुप्रै आरोह अवरोहहरु पार गर्दै, अहिले नागरिकता ऐन अन्तर्गत गैर आवासीय नेपाली नागरिकता
सम्बन्धि बिधेयक नेपाल सरकारको “राज्य ब्यवस्था तथा सुशासन“ समितिमा विचाराधीन रहेको छ । उपरोक्त विधेयकको गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐनमा गैर आवासीय नेपली नागरिकता लिनको लागि साबिकको नेपाली नागरिकता परित्याग गरेको प्रमाण पेश गर्नु पर्ने, आर्थिक, सामाजिक र सांस्कतिक अधिकार भन्नाले के के हुन् खुलस्त नभएको, र गैर आवासीय नेपालीको तेश्रो पुस्ता पछिका पुस्ताको सम्बन्धमा स्पस्ट व्यवस्था नभएको लगायतका थुप्रै बुंदाहरु संसोधन गरिनु पर्ने देखिएको छ ।
तसर्थ तत् सम्बन्धी संसोधनको मागहरु राखी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले यस अघि नै न्यूयोर्क स्थित महाबाणिज्य दूताबास मार्फत नेपाल सरकारलाई एक ज्ञापन पत्र बुझाईसकेको छ । यस्तै गरि राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा केशब पौडेलले नेपालमा पूर्व सभामूख सुभाष नेम्बाङ्ग लगयत “राज्य ब्यवस्था तथा सुशासन“ समितिका अन्य सांसदहरु संग भेट गरि यस सम्बन्धि बार्तालाप समेत गरिसकिएको व्यहोरा बिदितै छ । यसैको प्रतिफल स्वरुप प्रतिनिधि सभाका माननीय सांसद ज्यूहरु बाट प्रस्तावित ऐनमा संसोधन गर्नको लागि संसोधन प्रस्ताव समेत पेश गरि सकिएको छ, र आगामी केहि हप्ता भित्रै यस प्रस्ताव उपर निर्णय हुनेछ । यस कार्यकालागि प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने नेपाल सरकार, नेपाल सरकारका सम्बन्धित निकायहरु, माननीय सांसद ज्यूहरु सबैमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।
बिषयको गाम्भीर्यता र सम्बेदनशिलता लाई मध्यनजर राखी गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको हिजो मिति अगस्त २९, २०१८ मा बसेको बैठकले पुन: नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा तत् सम्बन्धि लबी गर्नको लागि गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका क्षेत्रीय उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाईरेक्टर तथा “सरकारी सम्पर्क“ समितिका सभापति संजय थापालाई खटाईएको र वहाँहरु सो कार्यकोलागि भोलि (मिति अगस्त ३१, २०१८) नेपाल प्रस्थान गर्न लागेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक