(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20180829

नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहर मा सम्पन्न


अगष्ट २८, बोस्टन/ नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो  वार्षिक सम्मेलन बोर्ड बैठक बोस्टन शहर मा सम्पन्न भएको । बोस्टन को हावार्ड विश्व विध्यालय मेडिकल स्कूल को सभा हल मा ६५ विज्ञहरु दर्जनौ स्थानीय को उपस्थितिमा सम्पन्न सम्मेलन मा नेपाल र अमेरिका का १७ राज्य बाट  २४
जना विज्ञ हरु द्वारा विषयगत प्रस्तुतीकरण सवाल जवाफ भएको थियो
 नेपालको समावेसी बिकास मा मानवीय स्रोत बिकास लाई कसरी  संस्थागत गर्ने केन्द्रीय विषय रहेको   सम्मेलन को संयोजन युएसएनपीआरसीका सदस्य तथा हाबर्ड बिश्व बिद्यालयका बैज्ञानिक दीनबन्धु भट्ट ले गर्नु भएको थियो सम्मेलनमा बिज्ञहरु डा सुरेन्द्रराज देवकोट, डा आमोद पोख्रेल्, डा आलोक देवकोटा, डा यादव पन्डित्, डा सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डा अमिताभ दास , डा तिलक भन्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ , डा बिष्णु घिमिरे, डा अनोवा गुरुङ ,कोविद दाहाल , अजित बराल , राज सराफ , मुकेश बराल , नरेन्द्र जोशी, डा पंकज बराल , डा लक्ष्मीविलाश आचार्य , डा प्रकाश श्रेष्ठ डा शिवहरी दाहाल , एडा थापा डा रुद्र अर्यालले बिभिन्न विषय मा प्रस्तुतीकरण र प्रस्नोत्तर गर्नु भएको थियो ।
नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार र सरोकारवाला  निकायहरु लाई बिभिन्न नितिगत विषयमा नेपाली बिज्ञहरु बाट सामुहिक र संथागत सहयोग र सुझाव दिने उद्देष्य रहेको यस संस्था को तेस्रो सम्मेलन पांचवटा सत्र मा बिभाजित रहेको थियो ।
संस्थागत संरचना र स्थानीय सरकारहरु विषयक सत्र को सभापतित्व र संचालन डा राजन पन्त, कृषि, प्रत्यक्षा बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्र को सभापतित्व र संचालन डा अर्जुन बन्जाडे, बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्र को सभापतित्व र संचालन डा देश राज संयोक , स्वास्थ्य र बिकास बिषयक सत्रको सभापतित्व र संचालन जगदम्वा अधिकारी,र यु एस एन पी आर सी संस्था द्वार हाल संचालीत र भावी परियोजना सत्र को सभापतित्व र संचालन तरुण पौडेल ले गर्नु भएको थियो ।
सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टर का अध्यक्ष डा आ मोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा र दीन बन्धु भट्ट ले धन्यवाद मन्तब्य राख्नु भएको थियो । युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सान फ्रान्सिस्को मा आयोजना गर्ने र सन २०१९ को सुरु तिर काठमाण्डौ मा नेपाल मा नयाँ संथागत संरचना अवसर कि संकट विषय मा अन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको छ । 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक