20180826

तिम्रो सहयात्रा पनि गज्जबको !

- भूपनारायण घर्तिमगर, महासचिब - अनेसास, वाशिङ्टन डिसी मेट्रो कमिटी  


तिम्रो सहयात्रा पनि गज्जबको !
Image may contain: Bhupnarayan Ghartimagar, cloud, sky, ocean, outdoor and waterबुझेर बुझि नसक्नुको
जानेर जानि नसक्नुको
संगै हातेमालो गरेर यात्रा गर्दा
तिमी गन्तब्यमा पुग्ने
सहयात्री रसातलमा खस्ने
आहा !
कति अचम्मको ?
कति गज्जबको ?
तिम्रो सहयात्रा कस्तो कस्तो ?
सकुनीको कुटील चाल जस्तो !
तिम्रो मित्र प्रेम झनै अचम्मको !
अहिलेसम्म हुदै नभएको
कसैले निभाउदै ननिभाएको
मित्रताको नाता गाँसेर अघी बढ्दा
तिमी सफल बन्ने
साथी असफल हुने 

आम्मै !
कति अलौकिक?
कति चमत्कारिक?
तिम्रो मित्र प्रेम कस्तो कस्तो ?
कंशको पापी जाल जस्तो !
तिम्रो जमान ईमान त अपरम्पारको !
न हिजो कसैले निभाउन सकेको
न कसैले सक्ने सम्भावना भएको
बाचा बन्धन गर्दै ढुक्क बनायौ
घात प्रतिघात अन्तर्घात गर्यो
सबथोक लत्याउदै दुनो सोझ्यायो
बास्सै !
कति जान्नु जानेको ?
कति कला भएको ?
तिम्रो जमान ईमान कस्तो कस्तो ?
रावणको कपटी छल जस्तो !
------------------------------------------------------------------------
नोट:- मनमा उत्त्पन्न भावना शब्दमा पस्कने असफल प्रयास गरेको छु। बिषय वा प्रसंगले कोही कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ। आफुले गरेको करतुतले कसैलाई चसक्क हुन गए  म के पो गर्न सक्नेछु र ???????!!!!!!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक