20180827

साहित्यकार कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति 'चराको गीत' (कविता संग्रह) को लोकार्पण सम्पन्न

न्यू योर्क- सुपरिचित साहित्यकार एवं नेपाल सरकारका वाणिज्यदूत कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति 'चराको गीत' (कविता संग्रह) को अगस्ट २५ तारिख न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएकोछ। 'चराको गीत' को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु
क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए । लोकार्पण समारोह न्यू योर्क शहरबाट आयोजक युएसनेपालअनलाईन डट कम, ईनेपालीज डट कम, ओएस नेपाल, नेपालय न्यूज र र रेडियो हिमालयको फसबुक पेजबाट लाईभ (प्रत्यक्ष) प्रसारण गरिने भएको छ ।
बिलयन लेखन् का प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरु प्रकाशित छन् । युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित छन्। 



Image may contain: Krisu Chhetri, text
Image may contain: 3 people, including Krisu Chhetri, people smiling, people standing, people sitting and indoor
Image may contain: 4 people, including Krisu Chhetri, people smiling
Image may contain: 14 people, including Bishnu Maya Pariyar, Krisu Chhetri and Sita Thapa Pariyar, people smiling, people standing
Image may contain: 8 people, including Krisu Chhetri, people standing
Image may contain: 5 people, including Krisu Chhetri, people smiling, people standing and indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक