20180805

वरिष्ठ पत्रकार गोपीकृष्ण खनालको तेर्हौं दिनको पून्यतिथिमा स्व. खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को स्थापना

बिर्तामोड / सडक दुर्घटनामा निधन भएका वरिष्ठ पत्रकार गोपीकृष्ण खनालको तेर्हौं दिनको पून्यतिथिमा स्व. खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को स्थापना गरिएको छ  ।

उक्त प्रतिष्ठानले उहाँले गर्नु भएको पत्रकारितालाई जीवन्त बनाउन यो क्षेत्रमा लागीपर्ने राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको सुपुत्र मनोज खनालले
जानकारी गराउनुभयो । 

प्रतिष्ठानको गठन, पुरस्कारको राशी, विधान निर्माण र कार्यक्रम पछि तय गरिने पारिवारिक स्रोतले जनाएको  छ । झापाका अग्रज तथा वरिष्ठ पत्रकार खनालको बिर्तामोड स्थित महेन्द्र राजमार्ग अन्तर्गत रामचौकमा जीपले उहाँ चढेको साईकललाई  ठक्कर दिंदा घाईते हुनुभएको थियो भने अस्पतालमा  शल्यक्रियाको क्रममा उहाँको जुलाई २० तारिख असामयिक निधन भएको थियो ।

स्व. खनालका जेठा छोरा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर (न्युयोर्क) निवासी संचारकर्मी मनोज खनालले आफ्नो बुबाको नाममा पुरस्कार राखी उहाँको पत्रकारिता र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिने योजना बनाएको जानकारी दिनुभयो ।

स्व. खनालको तेर्हौं दिनको पून्यतिथिमा उहाँकी श्रीमति रुपीदेवी खनालको संरक्षकत्वमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ र ‘गोपीकृष्ण पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । 

उहाँले  २०२८ सालदेखि मोफसलमा प्रकाशित भएका नेपाली भाषा र साहित्यका विभिन्न पुस्तकहरु र पत्र पत्रिकाहरु संकलन गर्नु भएको र उक्त पुस्तकहरुको संगालो ससानो लाईब्रेरी नै रहेको हुँदा प्रतिष्ठानले उक्त पुस्तकहरु पनि संरक्षण र सम्बर्धन गर्ने सोच बनाएको स्व. पत्रकार खनालका आफन्त एबम् पत्रकार तीर्थ सिग्देलले जानकारी दिनुभयो । साथै, उहाँद्धारा लिखित अप्रकाशित पुस्तकको पनि प्रकाशन गर्ने योजना रहेको बताइएको छ ।
स्वर्गीय वरिष्ठ पत्रकार गोपीकृष्ण खनाल प्रती हार्दिक श्रध्दान्जली र शोक सन्तप्त समस्त परिवार जनमा हाम्रो तर्फ बाट हार्दिक समबेदना । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक