20180825

लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेकामध्ये २२ जना सम्पर्कमा आए, ६ जनाको खोजी

रौतहट/ लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका छन् । ६ जनाको खोजी भैरहेको छ । डुंगामा रहेका गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एक जना हराइरहेका परिवारले बताएका छन् । उनीहरुको रातभरी नै खोजी भएको छ । 
शनिबार बेलुकीपख टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा ठोक्किएर डुंगा पल्टिएको स्थानीयबासिन्दाको अनुमान छ । त्यो ठाउँमा गएको ३ वर्ष अघिदेखि पक्की पुल निर्माण भइरहेको छ । डुंगा चालकले नदीको बीच भागमा केही चिजमा डुंगा ठोक्किएपछि पल्टिएको बताएको रौतहटका प्रमुख जिल्ला
अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
घटनास्थलमा खटिएका एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेको खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएको हो । नेपाल र भारतको सीमाक्षेत्रमा दुर्घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीको समन्वयमा खोजी तथा उद्धारको काम भैरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक