20180825

यही भदौ १४ र १५ गते काठमाण्डौमा बिमिष्टिेकको चौथो शिखर सम्मेलन

 यही भदौ १४ र १५ गते काठमाण्डौमा हुन लागेको आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमिष्टिेकको चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुुगेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्मेलनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुुगेको र सम्मेलनमा बिमिष्टिेकका ७ वटै सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरुको सहभागिता हुने जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले सम्मेलनको क्रममा नेपालले मुुख्य रुपमा यातायात र सम्पर्क सन्जालको विस्तार,आपसी व्यापार अभिवृद्धि लगायतका ५ वटा विषयहरुमा जोड दिने बताउनुभयो । सम्मेलनका लागि नेपालले बिमिष्टेकको संरचनामा सुधार र चार्टड निर्माणको विययलाई पनि अघि सारेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । शिखर सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री शेष हसिना
वाजेद, भुुटानका अन्तरीम सरकारका प्रमुख ल्यान्पो छिरिड. वाडचुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला श्रिसेना,थाईलैण्डका प्रधानमन्त्री प्रायुत चान ओचा र नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक