20180806

२ वर्षभित्रमा काठमाडौंलाई स्वच्छ बनाउँछु, त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाडौं आउँछन् : प्रधानमन्त्री ओली

Image result for kp oliउखान टुक्का सम्राट, हाँस्य नेता, महान राष्ट्रबादी नेता लगायतका उपनामले समेत सुप्रसिद्ध  प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवर्षभित्रमा काठमाडौंलाई धुलो धुँवामुक्त बनाउने बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “जनताको स्वास्थ्यभन्दा ठूलो केही हुँदैन । सरकारको ध्यान सुशासन र विकासमा छ । यसबाट हामी समृद्धि
हासिल गर्छौं । समृद्ध नेपाल र सुखी नेपाली हाम्रो ध्यान हो । ढुक्क हुनुस् देश र जनताप्रति सम्पूर्ण निष्ठाका साथ काम गर्छु । त्यसमा तलमाथि हुँदैन र २ वर्षभित्रमा काठमाडौंलाई स्वच्छ बनाउँछु । त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाडौं आउँछन् ।” प्रधानमन्त्री ओलीले देश बनाउने एउटा वर्ग सधैं शास्त्र पढेर बस्ने गरेको भन्दै देश बनाउने जिम्मा युवाको काँधमा आएको पनि बताए ।  उनले विश्वमा ठूला हतियार मान्छे मार्नको लागि बनाइएको भन्दै तत्काल मानव जीव जन्तुलाई विनास गर्ने कुनै वस्तु उत्पादन नगर्न विदेशी राष्ट्रहरुलाई आग्रह समेत गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक