20180808

बाल्टिमोरबाट पण्डित दीनबन्धु पोखरेललाई महेश भट्टराईको खुला पत्र !

Image may contain: 1 personहजुर लाई धेरैले पण्डित नारायण पोखरेलको छोरा भनेरै चिन्छन । यसमा पक्कै पनि कसैको दुई मत नहोला । हजुरको प्रबचन सुन्न आउनेहरूले बुबामा भएको केहि गुणहरू खोज्नु वा दाज्नु पनि स्वाभाविकै होला । 
हुन त हजुरले अंग्रेजीमा समेत स्नाकोत्तर गरेको भन्ने सुनेको छु । बेला मौका अंग्रेजीका उखान टुक्काहरू बाचनमा मिसिएका अंग्रेजी शब्दहरूले प्रमाणित समेत गर्छ ।
हजुर विश्वका धेरै देशहरू समेत घुम्नु भएको कुरा हजुरलकै प्रवचन बाट सुनेको छु । हजुरले संसार र मानवजाती सबै नै बुझे जस्तो गरि गरिने ब्याखा बाट पनि स्पष्ट हुन्छ ।
बाल्टीमोरमा हजुर बाट भएको महापुराणमा यो दोस्रो हो । पहिलो बाना भवन निर्माणार्थ । करिब १ लाख ६० हजार बोलेको मध्ये उठेको करिब २५ हजार हजुर कै पाऊ चरणमा दान चढाएको कुरा यादै होला । बाकि रकम आज करिब ५ बर्ष पुग्दा समेत नउठेको कुरा पक्कै भक्तजनहरू बाटै जानकारी प्राप्त गर्नु नै भयो होला !
त्यस्तै न्यूयोर्कमा १५ लाख बोलीमा झारे पनि करिब २५ हजार हजुर कै चरणमा चढाएको भन्छन ! आजसम्म बोलेकोमा २०% सम्म उठ्न नसकेको कुरा पनि पक्कै थाहा पाउनु भयो होला ।
यस्तै बिजोग अबस्था अन्य राज्यहरूमा पनि रहेको बुद्दिजिबीहरूको बुझाई छ !
हजुरको प्रबचन सुन्ने सौभाग्य मिल्यो । म खासै अन्ध धर्म भक्त नभए पनि ज्ञानज्ञुनका कुराहरू सुन्न मन पराउछु ।नया युवा पढेको गुरूबाट ज्ञानगुन र धर्मका बारे नया कुराहरू जानकारी पाउने इच्छा म समेत उपस्थित सबैको हुनुपर्छ । तर त्यस्तो अनुभव भक्तजनहरूले अनुभुत पटक्कै गरेनन । यी बुदाहरू लिखितम मैले गरे पनि हजुर कै भक्तजनहरूको अन्तरक्रिया वा
आरोप समेटेर पस्किने धृष्टता गरेको छु ।
1. हजुरले पंडीतको आशनमा बसेर भक्तजनहरूको अगाडि बाल्टीमोरबासीहरू प्रतिको गुनासो अलि पाच्य भएन !
2. बाजागाजा भएन,टिम भएन, यो कस्तो ब्यबस्थापन हो भनि गुरूले गरेको सार्बजनिक रूवाई कति उपर्युक्त !
3. सानो सानो टेक्निकल समस्या र अबरोधमा पनि निक्कै चाडो उत्तेजित भै प्रतिक्रिया जनाउदा भक्तजनमा निराशा !
4. बिषयबस्तु उठान गरि राम्ररी अन्त्य नगरी धेरै नै बहकिएको भक्तजनको गुनासो !
5. नेपालको आफ्नै आश्रमको लागि मन्चबाटै भक्तजन संग दोहोरो दान माग्नु कति उपर्युक्त !
6. घन दान दिनेहरू लाई मात्र पुन्य होस भनि पटक पटक भनि अलि बढी नै आशिर्बाद दिनु र धर्म लाई पैसामा बेची दिनु !
7. पैसालाई नै सर्बोपरी हो भन्ने आसयको बाचन र ब्यबहार समेत देखाउनु ।
8. थोरै पैसा दान दिनेहरूको नाम भन्न नमान्नु नभन्नु वा गरिब मनकारी भक्त लाई हेला गरि धर्मलाई पैसा संग तुलना !
9. मैले संसारै नै बुझेको छु भनि अमेरिकामा घन्टा हान्ने होटेल, स्टोर, ग्यास स्टेसन र सबओएमा काम गर्ने भक्तजन आन्तरिक कुराहरूमा आघात पुग्ने गरि श्रमको सम्मान नगरि दिएको प्रबचन !
10. गुरू द्दारा स्वइच्छाले दान दिन आउनेहरू लाई अझै बढि निचोर्ने, अचेट्ने, थिचोर्ने गर्नु कति जायज हो ? पछि मैले यति बढि झारिदिए भन्नु कति उपर्युक्त होला ?
11. महापुराण सुन्न जाने त मन थियो तर गुरूको असमान ब्यबहार र पैसा रेटेको देखेर गइन भन्ने भक्तजनलाई लाई के भन्नु हुन्छ ?
12. धर्म बाड्न आउनु भएको हो वा पैसा उठाउन ? तपाई पनि दिन र घन्टा गनि ज्यालामा काम गर्ने भए पछि तपाई र भक्तजनमा फरक के ?
13. मलाई जति दिए पनि हुन्छ भन्ने, तर आउन जान, बस्नखान र घुम्न फ्रि ! उपहार त सामान्य भै गयो । न्युनतम यति त चाहिन्छ वा प्रतिशत ! यो कस्तो धर्म निती हो ?
14. स्व. पन्डित नारायण पोख्रेलको बिद्वान छोरा, बाबुले तिन पुस्तालाई पुग्ने गरि कमाई दिएको संम्पत्तीले पुगेन ? यो सब किन -धर्म, कर्म वा पैसा ?
15. हजुरका भक्तजनहरू प्राय ३० बर्ष माथी कै देखिए ।साना उमेरका परिबारको साथमा उपस्थित भए पनि बाहिर नै मनोरंन्जन मै बिताए । यस्तो अबस्थामा धर्म संस्कृतीको संरक्षण कसरी होला ?
हजुरको प्रबचन सुनेर वहाव वा उक्साहट वा आवेगमा आएर दान दिने वा उद्घोष गरि पछुताएका वा दिन नसकेका वा घरबार बिग्रेका वा मानसिक सन्तुलन गुमाएका वा सामाजिक प्रतिष्ठा गुमाएका वा आफन्त वा साथीभाई गुमाएका वा पानी बाराबार वा सडकमा आएका हजुर कै भक्तजनहरूको बारेमा के भन्नुहुन्छ ?
कतै बिदेश हुने गरेका पुराण र महायज्ञहरूले मानिसहरूको मनमा धर्म र गुरू प्रति वितृष्णा र द्दैष त फैलाई रहेको छैन ?
धर्मको नाममा अर्थ संकलन गर्नु वा धनको कारोबार गराउन प्रेरित गर्नु त आर्थिक दलाली (financial broker) भएन र ? हजुर धार्मिक अभियानकर्ता कि आर्थिक दलाल ?
पैसा नै दिएको भरमा मानिसलाई पद सृजना गरि मंन्चमा राखि दिनु भो । पद बाडफाड गर्ने प्रथाले हाम्रो समाज कता लान खोज्नु भएको हो ? यो त धर्मको नाममा आर्थिक ब्यापार भएन र गुरू ?
अर्ति दिन जति सजिलो हन्छ , ब्यबहारमा उतार्न तेति नै गारो ।हैन भने ...
के हजुरको आज सम्म खान, बस्न र सामान्य जिवन बाच्न सक्ने आर्थिक अबस्था छैन र ?
छ भने किन हजुर नै निशुल्क प्रबचन गरि हिड्न सक्नुहुन्न ?
कि हजुर पनि बिनोद चौधरी कै पछि लाग्दै हुनुहुन्छ कि गुरू ज्यू !
अर्थ संकलनमा पूर्ण सफलता नमिले पनि घर्म संरक्षणमा यहाँको बिश्व भ्रमणमा सफलता मिलोस !
पंडीत ज्यू !
हजुर धर्मात्मा र ज्ञानी हुनुहुन्छ ! म अबुझ भक्तबाट सुनेका कुरा सिधा लिखत गर्ने धृष्टता गरे ! गल्ति भए अज्ञानि संझि माफी पाऊ ! 
- महेश भट्टराई,  बाल्टिमोर 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक