20180927

ओलीको बोली र २० दिनमा मैले देखेको नेपाल

Image result for oli us visitImage may contain: 1 person, closeup -सुदिप पन्त
बिगतमा नेपाल जादा बेथितीको कुराहरु सोध्न मन लागेको थिएन । आफुले लिएको बिचार र निष्ठाको राजनीतिक गर्ने पार्टीले सरकारमा र पार्टीमा निर्णय तहमा बसेर गरेका कतिपय बिषयहरुमा मेरो खुल्ला बिमति थियो । त्यो बिमति राख्ने बिदेशमा बस्ने एउटा सामान्य प्रतिनिधि पात्र मात्र थिए म । त्यस्को परिणाम पनि नेपालमा रहेका जनताहरुले संघिय चुनाव र प्रादेशिक चुनाव मार्फत देखाएका थिए जुन मेरो सोच अनुसार बिल्कुल ठीक थियो । म आफ्नै घर पहिला सुधारऔ भनेर आफ्नै साथिभाइ र नेत्रित्वलाई गाली गर्ने छुचो ब्यक्ती हो । यो पल्ट नेपाल २० दिन बसेर आउँदा नबोलौ भन्दा पनि मनले मानेन । दुई तिहाई बहुमत प्राप्त ओली सरकारबाट सामान्य जनताले धेरै अपेक्षा गरेका थिए । मैले पनि ९ महिने बिगतको ओली सरकार कमजोर भए पनि त्यो बेला गरेका बोल्ड निर्णयहरुको तुलना गर्दै अहिले त झन पूर्ण पावरका साथ सिंहदरबारको बलियो र दर्बिलो कुर्सीमा बसेका ओलीबाट नेपाल र नेपालीले केही पाउछन भन्ने
आशा गरेको थिए । २० दिनको नेपाल बसाइमा मैले भेटेको साधारण ब्यक्तीहरु देखी नेत्रित्व भूमिकामा रहेका ब्यक्तीहरुबाट निराशाहरु मात्र ब्यक्त भए ।
ओली सरकार ब्युरोक्रेसीको आफ्नो प्यारो झुण्डबाट मात्र होइन नेकपा पार्टीको केही झुण्डहरु बिचमात्र चाकाचुली खेलेर बसेको पाए । केपी ओलीको गृह क्षेत्रको नै स्थाई बासिन्दा हो म । १५ बर्ष अघी केपी ओलीसँग भएको चिनजान र धेरै पल्ट उनिसँग गरेको अन्तर्वाता एब बालकोटमा उनिसँग भेट्दा भएका कुराकानीबाट म धेरै नै प्रभावित भएको थिए । उनीसँग देश बनाउने जज्बा थियो ,खाका थियो । कुरा नचपाइ बोल्थे । पक्ष बिपक्ष सबैलाई मिलाएर जाने उनको सोचबाट मैले उनिमा एउटा अनुभवी मुलुकलाई एउटा नयाँ दिशा दिन सक्ने दुर्दर्शिता देखेको थिए । अहिले उनी सर्बशक्तिमान छन तर थाहा छैन उनको आँखामा कस्ले पट्टी बाधेको छ ? उनी जस्ले घुमाउन सक्छ उसैको घुमाइमा घुमिरहेका छन । त्यती कमजोर ओली होइनन मेरो नजरमा । अब पनि आँखाको पट्टी खोलेर मुलुकलाई हेरेनन भने ईतिहासमा गर्बिलो र सम्मानित प्रधानमन्त्रीको छबी बनाउने उनको सपना सपनामा मात्र सिमित हुन बेर लाग्दैन । नेपाली काङ्रेस पार्टीले आरोप लगाउदै आएको कम्युनिज्मबाट मुलुकको हरेक तह तप्का र क्षेत्रमा एकाधिकार लादेको उनले गरेको नियुक्ती र निर्णयहरुबाट प्रष्ट झल्किन्छ । काङ्रेसको हिजोको सत्ता शासन भन्दा बढि उग्र रुप नेकपा पार्टीको ओली खेमामा देखिएको छ । अहिले ब्यापारि ,कर्मचारी ,पुलिस ,न्यायलय सबै क्षेत्रमा कित्ता काटेर कम्युनिस्ट भएका मात्रको बोलबाला देखिन्छ अनी अकुत सम्पत्ती कमाउने दाउमा छन धेरै जना । मुलुकमा ल एण्ड अडर एकदम कमजोर छ । महंगी उत्कर्शमा पुगेको छ । पहिला एक मुठी साग किन्न जादा थोरै पैसामा एक झोला आउथ्यो अहिले झोला भरी पैसा बोकेर जादा एक मुठी साग आउछ । नेपालका चलेका पत्रिकाहरुका मुख्य पृष्‍ठहरुको समाचारहरु हेर्दा अग्रगामि होइन झन पछील्तिर धकेलिएको पाउछौ । नेकपा पार्टीभित्रका पनि कतिपय असल ब्यक्तिहरुमा निराशा छाएको देखिन्छ । ओलीको बोलीमा ,भ्रष्ट कर्मचारिहरुलाई, काला र दलाल ब्यापारिहरुलाई, खराब पुलिस एब खराब प्रशासनिक निकायमा बस्ने कर्मचारीहरु एब बेथितिको न्यायलय बनाउन खोज्ने बिचौलिया र न्यायलयका खराब पदाधिकारिहरुलाई नियन्त्रण गर्नै जरुरी देखिन्छ । धेरै बोल्नै पर्दैन ,तीन कुराहरु बिधीको शासनलाई कडा रुपले पालना गराउने, महंगी र भ्रष्टाचारलाई कडाइ गर्ने मात्र काम गरे जनताहरुले ओली सरकारको जय जयकार गर्ने थिए । जनताहरुमा ठुलो र धेरै अपेक्षा छैन । दुई छाक सजिलो गरी खान ,शान्ती र सुब्यब्स्थितरुपले आफ्नो कटेरोमा बस्न पाए पुग्छ उनिहरुलाई । तर यदी यस्तै स्थिती रह्यो भने ओली सरकारको दुइतिहाइले सरकार थामिने स्थिती देखिदैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक