20180922

अमेरिकामा फेरी अर्को दु:खदायी गोली काण्ड, एक नेपालीको ज्यान गयो अर्का नेपाली घाइते, मारिनेको सँख्या तीन पुग्यो !

Image may contain: 2 people, people standing
अमेरिकामा फेरी अर्को दु:खदायी गोली काण्ड भएकोछ जसमा एक नेपाली महिलाको ज्यान गएकोछ भने अर्का नेपाली पुरुष घाइते भएका छन ।   मारिनेको सँख्या तीन पुगेको प्रहरीले बताएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहिबार भएको गोली काण्डमा मृत्यु हुने नेपाली महिला बृन्दा गिरी रहेको पुष्टी भएको छ । चार महिना अगाडि नेपालबाट अमेरिका आएकी गिरीको गोली काण्डमा मृत्यु भएको हो । गोली काण्डमा न्युयोर्कको रिजउडका ४६ बर्षका पूर्ण आचार्य नामका अर्का नेपाली घाइते भएका छन् । घटनामा अरु २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । राइट एडमा काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम
गरेकी महिलाले आफैले कामगर्ने स्थानमा अन्धाधुन्धा गोली प्रहार गर्दा ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन हो । अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोग गरेको जनाइएको छ । अरुलाई गोली हानेपछि स्नोयिआ मोस्लेले आफैलाई गोली हानेर आत्महत्या गरेको जनाइएको छ । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महिना अगाडि मात्र त्यहाँ काम गर्न थालेकी थिइन् । पर्वतमा जन्मेकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन्। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक