
नसुधारी संगठनलाई बदनाम गराउनेलाई अब खोजीखोजी कारबाहीको दायरमा ल्याउँछु ।' खनालको अधिकांश मन्तब्य संगठनका बदमाश अधिकारीहरुप्रति केन्द्रित थियो । 'केही प्रहरी अधिकारीहरुका कारण सिङ्गो संगठनका साथै इमानी प्रहरी अधिकारीसमेत लाञ्छनाको शिकार भएका छन्', खनालले अगाडि भने, ‘पटक पटक सुध्रिने मौका दिएको छु । निर्देशनलई पनि नमानी बदमाशी गर्ने यस्ता धमिरालाई टिपेर फाल्ने अभियान थाल्छु, यो अभियानलाई सबैले सघाउनुहोला ।' आइजीपी खनालले जनताको सुरक्षाको जिम्मेवारी काँधमा बोकेको प्रहरीले कुनै पनि गल्ती गर्नै नहुने पनि जिकिर गरे । 'जनताले भरोसा गरेर प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने आशा गरेका छन्', उनले भने, ‘म प्रहरी भएकैले हरेक काम राम्रो गर्नुपर्छ, यससँगै बाटो बिराउन लागेको साथीलाई सुधार्नु पनि पर्छ ।' देश र जनताको सुरक्षाका लागि आफू दिनरात खटिरहेको बताउँदै खनालले प्रहरी संगठनको मूल्य र मान्यतामा बसेर जनसेवा गर्न पनि कडा निर्देशन दिएका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक