20181115

मेरिल्यान्डको स्टेट डेलिगेट्समा निर्वाचित नेपाली मुलका ह्यारी(एचबी) भण्डारीलाई हार्दिक बधाई

Image may contain: 1 person, smiling, suit and outdoor
अमेरिकाका ५० राज्य मध्येको एक मेरिल्यान्ड राज्यमा  नेपाली मुलका ह्यारी(एचबी) भण्डारी हाउस अफ डेलिग्ट्समा निर्वाचित भएका छन् । भण्डारी मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दोस्रो स्थानमा आई जित हासिल गरेका हुन् । एचबी यो क्षेत्रबाट डेमोक्र्याट पार्टीबाट उम्मेदवार थिए। योसँगै अमेरिकी मुलधारको राजनितिमा प्रवेश गर्ने पहिलो नेपाली मुलको प्रतिनिधित्व भएको छ। पेशाले शिक्षक नेपालको पर्वत जिल्लामा जन्मेका थिए। भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशकदिख सक्रिय रुपमा लाग्दै आएका छन । हृयारीलाई जिताउन नेपाली समुदायको प्रतिनिधिहरुको साथै डेमोक्रेट पाटीले कडा मेहनत  गरेका थिए । अमेरिकी मुलधारको राजनितिमा लाग्दै अाएका भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर निर्वाचित भएका थिए । विधान सभा सदस्यका लागी ३ जना निर्वाचति हुनेमा उनी दोश्रो बढी मत ल्याएका थिए । उनले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा
५ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको सदस्य पदमा ५ हजार ७ सय ६५ मत प्राप्त गरी बिजयी भएका हुन् । नेपाल मदर डट कम परिवार, अन्तरराष्ट्रिय कलाकार मँच अमेरिका परिवार र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी परिवार भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।   

निर्वाचित भए पछि उनको भनाइ : 
आदरणीय अमेरिका तथा विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाई तथा दिदीवहिनीहरु तपाईहरुको साथ र सहयोगले हामीहरुले अमेरिकाको राजनीतिमा नेपालीलाई समाहित गराउन एउटा उँचाई ग्रहण गर्न सफल भएका छौं । यस अवसरमा हामीहरुको अभियानलाई अपनत्व ग्रहण गर्दे साथ र सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । 
विभिन्न राज्यमा फण्ड रेजिगको लागि तपाईहरुले गर्नुभएको प्रयास, टाढा टाढावाट कार्यक्रममा सहभागी भएर, आफनो अमूल्य समय खर्चिएर हामीहरुको अनुभाव साटने र सुन्ने मौका प्रदान गर्नुभएकोमा तपाईहरु सवैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।
यो एउटा अभियान हो र यसको शुरुवात भएको छ,यसलाई हामी भावी पिढी सम्म रुपान्तरण गरेर उनीहरुको लागि उत्प्रेरक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेका छौं । तपाई हामी सवै सधै सहकार्य गरौं भन्ने हामीहरुको अपिल रहेको छ ।
यसक्रममा उदार हृदयका साथ आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाता महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
निर्वाचनको दिन प्रतिकूल मौसमका वावजुद खटिनुहुने स्वयंसेवकहरु जसले निर्णायक मोडमा योगदान गर्नु भयो उहाँहरु सवैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । साथै यो अभियानमा शुरुवाती चरण देखि सदैव साथ दिनुभएका तपाईहरु सयौको सहयोगले हामीहरुले यो सफलता हासिल गर्न सफल भएका छौं । तपाईहरुको सहयोगका लागि हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । तपाईहरुले फोन र म्यासेज तथा अन्य विभिन्न उपायवाट वधाई ज्ञापन गर्नुभएका्ेमा हार्दिक धनयवाद ज्ञापन गर्न चाहन्छौ । कतिपय कल तथा म्यासेजको तत्काल उत्तर फर्काउन असफल भएको भएता पनि छिटै नै हामीहरु तपाईहरुसँग समन्वय र सहकार्यका लागि उपयुक्त संयन्त्र मार्फत तपाईहरुको शुभकामनाका शब्दहरुलाई व्यवस्थित तरिकाले सम्बोधन गर्ने नै छौं । साथै तपाईहरुले केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने सम्पर्क नम्वर 443-683-9243 यथावत रहेको व्यहोरा अवगत गराउँदछौं ।
आगामी दिनमा पनि तपाईहरुको यस्तै अपनत्व र सदभाव पाएर हामीहरुका कतिपय चासोका विषयमा सहकार्य र हातेमालो गर्न सदैव तत्पर रहेको व्यहोरा अवगत गराउन चाहन्छौं ।
साथैं हामीहरुको अभियानलाई सदैव उच्च प्राथमिकताका साथ विभिन्न तरिकाले समाचार संकलन ,प्रकाशन ,प्रसारण गर्नुहुने अमेरिकामा रहनुभएका तथा विश्वभरि र नेपालमा समेत क्रियाशील सम्पूर्ण सञ्चारकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
पुनश्च : यस अभियानमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै दिपावलीको अवसरमा तपाईहरु सम्पूर्णको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
हयारी भण्डारी
- फ्रेण्डस अफ हयारी भण्डारी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक