20181208

सुन्दरी प्रतियोगिताको धुँवादार बिरोध गर्ने नेपालका कम्युनिस्टहरु समेत प्रचार प्रसार र भोटिङ्गमा लागेको मिस वर्ल्ड २०१८ सम्पन्न

मिस वर्ल्ड २०१८ मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स, नेपालकी श्रृङ्खला खतिवडा टप १२ बाटै बाहिरिइन !  
पहिले पहिले सुन्दरी प्रतियोगिताको धुँवादार बिरोध गर्ने नेपालका कम्युनिस्टहरु समेत प्रचार प्रसार र भोटिङ्गमा लागेको चीनमा सम्पन्न मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् भने नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृङ्खला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । नेकपाका नेता बिरोध खतिवडाकी सुपुत्री श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । टप १२ मा पर्नु पनि ठुलै सफलता हो त्यसर्थ हामी नेपालकी श्रृङ्खला खतिवडालाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
Image may contain: 1 person, smiling

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक