20190103

अर्को मन्दिर निर्माण गर्ने उद्देस्यका साथ डिसीमा भेला, महापुराण लगाउने र सबैलाई समेट्दै मन्दिर निर्माण गर्ने प्रस्ताब

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिको प्रेस विज्ञप्ति:
 जनवरी १, २०१९
यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनिया फेयरफ्याक्सको Chantilly Regional Library मा सामुदायिक भवन निर्माण गर्नको लागि महापुराण सप्ताहा लगाई fundraising गर्ने बारे बसेको बैठकमा पेश गरिएको कार्य पत्र माथि उपस्थित समाजसेवीहरु बीच छलफल तथा बिचार विमर्श आदान
प्रदान भएको छ । सो भेलाले सामुदायिक भवन निर्माण गर्न महापुराणको आयोजना गर्ने र महापुराण लगाउँनको लागि यस क्षेत्रका सबै परिवारलाई समेटी हरेक परिवारको प्रतिनिधीलाई पुराणको आयोजक बनाई मूल समारोह समिति तथा उपसमितिहरूकाे निर्माण गर्ने निर्णय गरेको छ । सो भेलामा उपस्थित भएका सबै ६२ जना सामुदायिक अभियन्ताहरु मूल समारोह समितिका सदस्य रहने सहमति तथा निर्णय भएको छ भने सो क्षेत्रका वाकी सवै परिवार तथा व्यक्तिलाई आयोजक समितिको सदस्यमा समावेश गरी महापुराण कार्यक्रमलाई भव्यताका साथ संपन्न गरी सामुदायिक भवनको पूर्वाधार तैयार पार्ने कार्यमा एकजुट हुन आह्वान गर्ने निर्णय समेत सो भेलाले पारित गरेको छ। साे भेला भन्दा अगाडि र भेला पछाडि विभिन्न महानुभावहरूले मूल समितिमा संलग्न गराउन आग्रह गरे अनुसार संलग्न नामावलीमा उल्लेख हुनु भएका महापुराण मूल समितिकाे हाल सम्मकाे सदस्य संख्या १०५ रहेकाे सहर्ष जानकारी गराउदछाै । यस क्षेत्रका संपूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति र उप समितिहरु को सदस्य वनी माहापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण आयोजक समितिको तल दिइएको इमेल मार्फत आफ्नो नाम नम्वर पठाई सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ । हाम्रो माहामन्त्र: सबै उठौ सबै जुटौ, यो अभियानमा कोही पनि नछुटौ यो लिस्टलाई तपाईहरुको रेस्पन्सको आधारमा हामी अध्यावधिक बनाउंदै लानेछौ र हरेक २ हप्तामा जानकारी गराउदै जानेछौ, हाम्रो आशा छ कि यस अभियानमा हामी कोही पनि छुट्ने छैनौ । डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति ईमेल: dcmetrosaptaha2019@gmail.com संर्पक फाेन : 571-438-5499
- हरिकृष्ण पुडासैनीबाट    
Image may contain: 2 people, people sitting and indoorअमेरिकाको डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महापुराण कार्यक्रमको अवधारणा बारे कार्यपत्र प्रस्तुत गरिएको छ । डिसी महानगर क्षेत्रमा रहेका सामुदायिक अभियन्ताहरुको उपस्थितिमा उक्त कार्यपत्र प्रस्तुत गरिएको थियो । साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महा पुराणको आयोजना गर्ने र १००१ महा पुराण मूल समारोह समिति निर्माण गर्ने कुरामा मष्तिस्क मन्थन भएको छ ।
कार्यक्रमको आयोजना कुनै संघ/संस्थाको पहलमा नभई डिसी महानगर क्षेत्र सेन्टरभिल शहरका सामाजिक अभियन्ता ददिराम ढुंगाना लगायतको बिशेष पहलमा आयोजना भएको हो । ढुंगानाले व्यक्तिगत रुपमा सबै संग सम्पर्क गरि मोटामोटी भेलाको उद्धेश्य तथा गर्न लागेको योजना बारेमा संक्षिप्त चर्चा पनि सहभागीहुनेहरुलाई अग्रिम रुपमा जानकारी गराएका थिए ।

निकै मेहनत गरेर बिशेष तयारी साथ प्रस्तुत भएका ढुंगानाले के के जिज्ञाशा आउन सक्छन भन्ने समेत कार्यपत्रमा सवाल समेत तयार पारेका थिए । किन सामुदायिक भवन ,किन महा पुराण ,कसरी गर्ने महापुराण ,किन मुल समारोह समिति बारेमा बिस्तृत जानकारी समेत उक्त कार्यपत्रमा ढुगानाले प्रस्तुत गरेका थिए ।

मूलत सांस्कृतिक सामुदायिक भवन निर्माण गर्ने र महा पुराण भन्दा पनि १००१ महापुराण मूल समारोह समिति बिषयमा केन्द्रित रहन गएको थियो ।
महा पुराण भन्दा पनि १००१ महापुराण मूल समारोह समिति बिषयमा केन्द्रित रहन गएको थियो ।
यसै बिषयमा छलफल हुँदा सामाजिक अभियन्ताहरुले सकारात्मक शुभ संकेत दिएका छन् । र आज कै मिति देखि यसको प्रक्रिया प्रारम्भ हुने भएको छ ।
१००१ महापुराण मूल समारोह समितिका बारेमा सहभागीहरुले विभिन्न आफ्ना भनाईहरु राखेका थिए । उपस्थित सहभागीहरुले महा पुराण मूल समारोह समिति बनाईनु पर्छ र यसले कार्य प्रारम्भ गरोस भने पछि छिट्टै अर्को बैठक बोलाउने समेत भएको छ ।
स्मरण रहोस ,बिगत २० बर्ष देखि डिसी महानगर क्षेत्रका शहरहरु स्यानटिलि ,सेन्टरभिल,एल्डी,मनासस,गेन्स्भिल,हर्नडन,स्टरलिङ्ग ,फेयरफ्याक्, साउथ राइडिंग ,फल्सचर्च आदी इत्यादी शहरहरुमा सामुदायिक भवन निर्माण गर्न समुदाय लागि परेता पनि सबै प्रयासहरु असफल हुन् पुगेका थिए ।
यसका लागि विभिन्न शहहरुमा बिभिन्न समुदायहरु पटक पटक यस्ता बैठकको आयोजना समेत गरिएता पनि सबै आयोजना भएका कार्यक्रम बैठकमा मात्र सिमित भएको जग जाहेर छ ।
यसका लागि विभिन्न शहहरुमा बिभिन्न समुदायहरु पटक पटक यस्ता बैठकको आयोजना समेत गरिएता पनि सबै आयोजना भएका कार्यक्रम बैठकमा मात्र सिमित भएको जग जाहेर छ ।
तर आज को बैठकले एउटा निकास दिने जमर्को गरेको छ । उपस्थित भएका ५० जना भन्दा ज्यादाले अगाडी बढ्न सुझाव दिए पछि प्रक्रिया अगाडी बढ्ने भएको देखिएको छ । सबै उपस्थित सामुदायिक अभियन्ताहरु मूल समारोह समितिमा रहने छन भने क्रमस सवैलाई यो पुन्य कार्यमा समावेश गरिने भएको छ ।
डिसी महानगर क्षेत्रमा नेपाली समुदाय द्वारा निर्माण गरिएका हालसम्म दुइवटा मन्दिरहरु निर्माणाधीन अवस्थामा रहेता पनि दुईवटा सामुदायिक आफ्नै भवन रहेका छन् । यो सांस्कृतिक सामुदायिक भवनको सपना पुरा भएमा डिसी महानगर क्षेत्रमा ३ वटा सामुदायिक भवन हुने छ ।
ढुंगानाले कार्यपत्र प्रस्तुत गर्दै गत दशकमा डीसी महानगर क्षेत्रमा नेपाली भाषी जनसंख्याकाे उल्लेखनीय वृद्धि भएको बताए छ । उनले नेपाली समाजलाई सांस्कृतिक एकताको सुत्रमा बाँधेर समुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न’ डीसी महानगर क्षेत्रमा नेपाली संस्कृति र नेपालीपनकाे भावनालाई थप जागृत गर्न तथा गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको बताए ।
उनले कार्यपत्र प्रस्तुति मै अगाडी भने ‘हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘
हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘
यसको साथै उनले भाषा कक्षा, नेपाली तथा पूर्वीय गीत संगीतकाे नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न; आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बाैद्धिक प्रवचन तथा सत्संगको आयोजना गर्न;परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीति रिवाज संग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न; याेगा, ध्यान लगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न; मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ भने ।
याेगा, ध्यान लगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न; मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ भने ।

उनले उक्त कार्यपत्र प्रस्तुतिको अन्त्यमा स्थायी सांस्कृतिक सामुदायिक केन्द्रकाे स्थापना गर्न प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने हुँदा पुनित कार्यमा सक्रिय सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ भन्दै सबैमा आग्रह गरे ।

यो सामाजिक अभियान सफल होस नेपाल मदर डट कमको पनि हार्दिक सुभेक्षा छ ।    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक