20190103

कति पावरफुल सरकार !

प्रहरी र निर्दोस जनता मार्ने अपराधी 
सांसद बन्छ ! 
अदालतमा मुद्दा चल्छ 
जेल भित्रै बसेको अपराधीलाई निकालेर 
सरकार शपथ खुवाऊ भन्छ ! 
पागल र निर्धा देखे समात्छ
निर्मलालाई बलात्कार गरेरेर
मैले मार्याहुँ भनाउँछ !
निर्दोषलाई अपराधी बनाउँछ
अपराधीलाई निर्दोष बनाउँछ !
हो साने यो सरकार पावरफुल छ !
किनकि सरकारसँग दुई तिहाइ छ !
पावर कति छ कति !
न्यायाधीश न्याय नपाएर रुन्छन्
आशा लाग्दा भनिएका मन्त्री
वाइड बडी जहाजको चक्करमा घुम्छन्


साइकल चढ्ने मन्त्री
महिनावारी तेल खान्छन्
काठमाडौँमै घर हुने सांसद, मन्त्री
महिनावारी घर भाडा बुझेर लान्छन् !
राजाको पावर खोसेकाले होला
जनताको मन मनमा बसेकाले होला
हो साने सरकार अत्ति पावरफुल छ !
यो सरकारलाई कमजोर नठान्नु
अरू जस्तो लुते नमान्नु
किलो होइन क्विन्टल सुन खान्छन् यिनी
निर्मला काण्डहरू छानबिन गर्न
अन्तर्राष्ट्रिय अनुसन्धान लान्छन् यिनी
विपक्षी र अरू कराउँदै गर्छन्
भन्नेले भन्दै गर्छन्
लाउडा, धमिजा, चेज
यी र यस्ता काण्डै काण्ड !
सुडान घोटाला कान्ड,
लडाकु को राशन हजम कान्ड,
एनसेल कान्ड,
बुढीगन्डकी कान्ड,
उहिलेका कुरा खुइलिएर गए
ती कान्डहरु छोडिदेउ अब
कुरा गर निर्मला पन्त कान्ड,
तेत्तिस किलो सुन कान्ड,
अठार करोडको गाडी कान्ड,
डेढ अर्बको हेलिकोप्टर कान्ड
साढे चार अर्बको वाइड बडी कान्ड
प्रहरी र जनतामारा शपथ कान्ड
रेशम फिरिरि कान्ड
साने, कमजोर पटक्कै नठान्नु
ओली दाइ लाई कमजोर मान्दै नमान्नु
किनकि यो दुई तिहाइ को सरकार हो
पावरफुल सरकार हो
यो सरकारले जे पनि गर्न सक्छ
जसो पनि गर्न सक्छ !
- रामप्रसाद खनाल, जनवरी ३, २०१९, भर्जिनिया, अमेरिका

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक