20190125

साँढेहरु !

Image result for bull in kathmanduपशुपती दक्षिणकालीमा छाडिएको
एउटा साँढे
जङ्गलमा छाडिएको
अर्को साँढे सँग
लामो समय जुध्यो
अहिले आएर एकाएक मिल्यो
मिलेर
आजकल निकै सिँगोरी खेल्दैछ !

पहिला भेट हुँदा निकै जुध्ने साँढेहरु
सिङ फुक्लिउन्जेल जुध्ने साँढेहरु
आजकल मिलेर बस्छन
दुई भए पछी कसैलाई गन्दैनन
गाई बाच्छा बाच्छी केही भन्दैनन
हिड्दा पेलेर हिड्छन
कहिले सिङ्ले हान्छन
कहिले लात्ती हान्छन
डुक्रिँदै हिड्दै आफै ठुला मान्छन
देख्दा भयँकर
डर लाग्दा साँढेहरु
न यिनले खेतबारी जोत्छन
न गाढा तान्छन
न त कुनै काम गर्छन्
देख्नका ढाल
खानका कालहरु
पशुपती नजिकै
फोहोर बागमतिको पानी र फोहोर
अनी अखाद्य चिज खाएर होला
यिनिहरु मात्तिएका जस्ता
होस हवास गुमाएका जस्ता
अरुलाई देखे अत्तालिएका जस्ता
मन्दिरमा जाने दर्शनार्थीलाई हान्छन
पशुपती क्षेत्रनै सबै उनैको मान्छन
दर्शनार्थीका फुल प्रसाद खोसेर खान्छन
आजकल पशुपतिमा
साँढेहरुकै राज छ !
उनिहरुकै काज छ !
गाई बाच्छा बाच्छीको मिचाई छ !
दुई साँढेहरुको घिचाई छ !
देख्दा चिल्ला
जिउ परेका
रहर लाग्दा   
तर
साँढेहरु न कुनै काम आउने
न त उनिहरुबाट अरुले केही पाउने
मात्र गोबर गन्हाउने
साँढेहरु
आजकाल पशुपती ढाकेका छन
यिनको ज्यादतिले अरु सबै थाकेका छन !

- रामप्रसाद खनाल, जनवरी २५, २०१९   

           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक