20190129

विश्व भूटानी हिन्दू संगठनको सात सदस्यीय सल्लाहकार समिति गठन !

Image may contain: 7 people, people smiling, text- - कमल धिमाल
विश्व भूटानी हिन्दू संगठन अधिकारिक रूपमा संगठित हुनु भन्दा अगाडी यस्को पृष्ठ भूमि सन २०१३ सालदेखि नै शुरू भएको हो । सारलोट, नर्थकेरोलिना मा २०१३ साल डिसेम्बर २५ बाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न पछि,२०१४ साल January 1 तारिक एक बृहत बैठक बसि जनमानसको आवहान र आवश्यकता लाई ध्यानमा राख्दै वैदिक सनातन हिन्दू धर्म र नेपाली संस्कार संस्कृतिको संरक्षण,संबर्धन तथा उत्थानका लागि यो संश्थाको सुरूवात गरिएको थियो । यसै बैठकलाई पहिलो

भूटानी हिन्दू सम्मेलन -२०१४ भनिएको थियो । २०१५ साल मा बैदिक सेवा समाज कोलम्बस ले दोस्रो भूटानी हिन्दू सम्मेलन गर्न सफल भएको थियो । उक्त सम्मेलन ले ९ सद्श्यको एउटा समिति गठन गरेको थियो भने २०१६ साल को सुरूमा ॐ कार परिवार पिट्श्बर्ग को नेतृत्वामा अर्ध बार्षिक सम्मेलन गर्न सफल भई पुन २०१६ साल को डिसेम्बर महिना मा तेस्रो बृहत् भूटानी हिन्दू सम्मेलन गर्ने समय तोकिएको थियो। तेस्रो बृहत् भूटानी हिन्दू सम्मेलन पुन : डिसेम्बर २०१६ मा भूटानी हिन्दू समाज सारलोट र बिस्व भूटानी हिन्दू संगठन को संयुक्त आयोजनामा ५ दिने बिशेष कार्यक्रम भएको थियो । उक्त कार्यक्रमले यस संस्था लाई केहि पूर्णता दिन सफल भएका थियो।२०१७ सालमा नै यस देसको बैधानिक्ता पाएको कुरा हजुरहरू लाई थाहा नै छ। मुनाफारहित यस संस्था ले अमेरिका का बिभिन्न राज्य हरूमा , धार्मिक ,सामाजिक ,शैक्षिकप्रवधन तथा यूवा केन्द्रित कार्यक्रम हरू गर्दै आईरहेको कुरा हजुरहरू लाई अवगत नै छ। हाम्रा कार्यक्रम हरू लाई सकारात्मक ढङ्गले पछ्याउने हज़ारौ भक्तजन , शुभचिन्तक हरूको माया , हौसला,उत्साह ,प्रेरणा, सुझाब सल्लाह र सहभागिताले हामीलाई थप उर्जा दिइरहेको छ।२०१७ सालको यूवा सम्मेलन त्यसै गरि २०१८ सालको केन्टकि राज्यमा भएको त्रिदवसीय आध्यात्मिक प्रवचनको सहभागिता र सहयोग लाई हेर्दा हामी थप ज़िम्मेवार भएको महसुस गरेका छौं। यस्तै बिशेष कार्यक्रम गर्दै बिभिन्न राज्य तथा अन्तर राज्य हुदै अन्तराष्ट्रीय सम्म पुग्न सजिलो छैन साथमा हाम्रो समाजमा सनातन हिन्दू धर्म प्रतिको विकृति,बिभिन्न क्षेत्रमा बिभेद, नेपाली संस्कृतिमा आएको बिकृति तथा नेपाली भाषाप्रति को वितृष्णतालाई सकारात्मक अवश्थमा क़ायम गराउन हामी लाई हाम्रै समाजका अत्यन्तै बौद्धिक,प्रतिष्ठित र असल ब्यक्तित्व हरू को आवश्यक महसुस गरेका थियौं। समाजका बिभिन्न तहका ब्यक्तिहरूसँगको छलफल र बिभिन्न धार्मिक संश्था को सुझाब सल्लाह र प्रतिकृयको कारण यो संस्था को प्रगति र उन्नतिका निमित्त बिश्व भूटानी हिन्दू संगठनको ७ सदश्य सल्लाहकार समिति गठन गर्न सफल भएका छौं।यस अधि बिश्व भूटानी हिन्दू संगठनमा -संरक्षक समिति, वैदिक निर्णय समिति ,जोतिष बोड ,यूवा मञ्च जस्ता समिति हरू गठन भई आफ्ना कार्यक्रम हरू भईरहेको कुरा जानकारी गराउदछौं ।हाम्रा कार्यक्रम हरूलाई नजिकबाट हेरेर र नियालेर , यो संस्था हाम्रो हो र यो समाज पनि हाम्रै हो भन्ने भावना लिदैं संस्था को अनुरोध लाई श्विकार गरि आफ्नो अमुल्या समय यो संश्था प्रति समर्पित गरि सल्लाहकार को गरिमामय पदलाई ग्रहण गरिदिनु भएको मा कार्यकारिणी समिति तर्फ बाट धन्यवाद ज्ञापन गर्न चाहान्छौं ।आगामी दिनहरूमा याहाँहरूको सुझाब सल्लाह र प्रतिकृया लिदैं संस्था आफ्नो लक्ष्य र उदेश्यका साथ अधि बड्ने कुरा मा बिश्वास लिएका छौं। यसै  संजाल मार्फत सम्पुर्ण शुभचिन्तकहरूमा यो संस्थाले अभिभावक पाएको कुरा जानकारी गराउदैं अन्य मुलुकहरूमा काम भइरहेको कुरा समेत जानकारी गराउदछौं। सल्लाहकार समिति सदश्यको तस्बिर समाबेश गरिएको छ।
GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक