20190129

बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ रिहा, भव्य स्वागत !

बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागतराजविराज / राक्षसी राज, अपराधीहरुकै राज, निर्मला जस्ता कयौँ चेलीहरुको बलात्कार र हत्या हुँदा पत्ता नलाग्ने देश, आफ्नो लागि कहिलै केही नमाग्ने तर निमुखा जनताका लागि डा. गोबिन्द केसी अनशन बस्नु पर्ने तर मार्सीबाद जिन्दाबाद भएको देश, नन्दलाल अधिकारीले न्याय माग्दा मर्नु पर्ने र बर्सौँ सम्म लाशले पनि न्याय नपाएर फ्रिज भित्रै सढ्नु पर्ने देश, खोले झोले र नबोलेहरुको देश, वाइड बडी काण्डहरु तैँ चुप मै चुप हुने देश, हजार दुई हजार खाने कर्मचारीलाई अख्तियारले रङ्गेहात समाउने, अर्बौँ खर्बौं कमाउने रमाउने लोकतन्त्र, सँघियता सहितको गणतन्त्र भएको हाम्रो देश नेपालमा हामी जनता पनि अचम्मकै छौं । हाम्रो नयाँ नेपालमा अनौठा घटना क्रम हुने क्रम जारी छ । यसै क्रममा  बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ भनिने अरुणकुमार साह मंगलबार साँझ रिहा भए । सर्वोच्च अदालतको माघ १० गतेको परिपत्रका आधारमा रुपनी–१ रायपुरका साह रिहा हुँदा कारागार गेटमा धुमधामसाथ खुसियाली नै मनाइयो । रिहाको खबरपछि कारागार
पुगेका तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले साहलाई खादा, माला, अविर नै लगाएर स्वागत गरे ।
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को व्याख्या गर्दै सर्वोच्च अदालतले संहिता लागु हुनु पूर्वको अवस्थामा एक दिनको २५ रुपैयाँका दरले हुने गरी जरिवानावापत कैद तोकिएकोमा त्यस्तो पुर्जी संशोधन गरी परिपत्र गरेपछि साहको कैद भुक्तान भएको हो ।
बि.सं.२०५९ सालमा माओवादी जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वावलम्बन विकास बैंकको १६ हजार रुपैयाँ कब्जा गरेको आरोपमा सप्तरी जिल्ला अदालतले २०७१ सालमा उनलाई ४९ महिना १५ दिनको जेल सजाय तोकेको थियो ।
माओवादी पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका साह ०७३ जेठ २३ गते पक्राउ परी कारगारमा थुनिएका थिए । माओवादी केन्द्रको राज्य कमिटी सदस्य परित्याग गरेका उनलाई नयाँ शक्तिले जिल्ला संयोजक बनाएको थियो ।
पक्राउ परेका बेला नयाँ शक्तिका जिल्ला संयोजक रहेका साहलाई भेटन नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ०७३ पुस २४ गते राजविराज कारागार नै पुगेका थिए ।
    साह निर्दोष रहेको भनी यसअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । जनयुद्धकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सल्ट्याउनु पर्नेमा साहको मुद्दालाई ओझेलमा पारी कैद गरिएको भन्दै साहले असन्तुष्टि जनाउँदै आएका थिए ।

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक