20190116

सम्झिनुस् आँधी फेरी आउने वाला छ !

Image may contain: Ram Prasad Khanal, hatमार्क्सवादीहरू जब मार्सीवादी बन्छन्
माओवादीहरू जब खाओबादी बन्छन्
दम्भ देखाउँदै हामी दुई तिहाइ छौँ भन्छन्
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

कम्युनिस्टहरू  "कमाउनिस्ट" बनेपछि
"चोखाहरू" वाइडबडीमा डुबे भनेपछि !
अब कसको के आशा भो र !
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

निर्मलालाई बलात्कार गरे, मारे
पागललाई बलात्कारी र हत्यारामा पारे
हत्यारालाई खोइ कता झारे झारे !
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

         
डा. केसी उल्टै भ्रष्टाचारी अरे !
बिचरा दासहरूले पनि गर्नु गरे
यत्ति केही होस् त उनलाई के हुन्छ भरे !
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

हजारौँ राजा बन्न एउटा राजा फाल्यौ
श्री ६ बनेर उखान टुक्कामै सबै भ्रम पाल्यौ
कस्तो देश, कस्तो बनायौ ? कहाँ हाल्यौ ??
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

अपराधीका सरदार र मतियार भित्र हुलेपछी
जनताको मत र आफ्नो विगत भुलेपछी
वाइड बडीमा तानिँदै गरेका शेरे दाइको के कुरा भो र !
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

रेल, तेल, पानी जहाज र चुला चुला ग्यास !
४७ साल देखिको मेलम्ची अलपत्र पारेर
गर्दैछौ दिनानुदिन तिम्रा हावादारी बकवास
त्यसैले अब.....
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ !

राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई
कुन्नी कुन कुन नालायकले थुके अरे !
बिबेकशिल भनिएकाहरु अबिबेकी बन्दै फुटे अरे
लुट, गुट, फुट, झुट मौलाउँदै गए पछी
जता हेर्यो उतै अत्ती भए पछि !
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ ! 

- रामप्रसाद खनाल, जनवरी १६, २०१९ अमेरिका 

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक