20190117

अमेरिकामा ईतिहासकै लामो सरकार शटडाउन, राष्ट्रपती ट्रम्प र सभामुख पेलोसीको द्वन्द छताछुल्ल !

अमेरिकामा ईतिहासकै लामो सरकार शटडाउन त जारी छ नै त्यस माथि राष्ट्रपती ट्रम्प र सभामुख पेलोसीको राजनीतिक द्वन्द सडकमा समेत छताछुल्ल भएकोछ । सरकारलाई असहयोग गरेको आरोप लगाउँदै राष्ट्रपती डोनाल्ड ट्रम्पले बिपक्षी डेमोक्रेटिक नेत्री एबम नब निर्बाचित सभामुख न्यान्सी पेलोसीलाई बिदेश भ्रमण निस्किनै लागेका बेला तयार सैनिक जहाज दिन अस्विकार गरेका छन ।  राष्ट्रपति ट्रम्पले हाउस स्पीकर न्यान्सी पेलोसीलाई युद्धक्षेत्रको भ्रमणका लागि सैन्य जहाज दिन अस्वीकार गरेका छन् । पेलोसी विहिबार दिउसो अफगानिस्तान, इजिप्ट र ब्रसेल्स जाने तय भएको थियो ।
भ्रमणमा जानुभन्दा एकघण्टा अगाडि ट्रम्पले पेलोसीलाई सैन्य जहाज दिन अस्वीकार गर्दै भ्रमण स्थगित गरिदिएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । पेलोसीले ट्रम्पलाई सरकार शटडाउनका कारण स्टेट अफ द युनियन सम्बोधन स्थगित गर्न आग्रह गरेको भोलिपल्टै ट्रम्पले पेलोसीको भ्रमण स्थगित गराएका छन् । ट्रम्पले लेखेको पत्रमा शटडाउनका कारण आफूले पेलोसीको अफगानिस्तान, ब्रसेल्स र इजिप्टको भ्रमण स्थगित
गराउनुपरेको उल्लेख गरिएको छ । शटडाउन सकिनासाथ भ्रमणको तालिका पुन तय गरिने समेत ट्रम्पले जनाएका छन् । ट्रम्पले पेलोसीलाई कमर्सियल जहाजमा चढ्न समेत सुझाव दिएका छन् । यदि कमर्सियल जहाजमा चढेर भ्रमण गर्ने हो भने त्यो पेलोसीको अधिकार रहेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन् । पेलोसीको भ्रमणको उद्देश्य राष्ट्रिय सुरक्षाका लागि खट्नेहरुलाई धन्यवाद ज्ञापन गर्नु रहेको थियो । शटडाउनको अन्त्यका लागि छलफल गर्नका लागि पेलासी वासिंटनमा रहनु उपयुक्त हुने ट्रम्पले जनाएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक