20190111

मोरङको विराटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु, आमा घाइते !

मोरङको विराटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ भने मृतककी आमा घाइते भएकी छन् । शुक्रबार बिहान विराटनगरको रानी स्थित आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा अमृत आमा राधिका मण्डल घाइते भएकी
छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो वर्ष यता बढ्दो स्मार्ट फोन तथा मोबाइलका कारण बालबालिकामा नकारात्मक असर परेको छ । उनीहरु मोबाइलबिना खाना नखानेदेखि नसुत्ने सम्मका लत लागेको छ । तर, यसबाट बालबालिकालाई जोगाउन भने अभिभावक त्यत्ति चनाखो भएको देखिँदैन । बरु रुँदैनन् भनेर आफ्नो मोबाइलमा भिडियो देखाउने देखि खेल खेलाउने सम्मका कार्य हुने गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक