20190213

काठमाडौंमा नेपाल पत्रकार मञ्च तथा दक्षिण कोरियाको प्रतिष्ठित विश्वविद्यालय नामसोल युनिभर्सिटिबीच सहमति पत्रमा हस्ताक्षर

Image may contain: 6 people, including Yubaraj Jee and Chandra Mani Bhattarai, people sitting and indoorगठन भए लगत्तै राम्रा काम गर्दै अगाडि बढीरहेको युबराज भण्डारी बिद्रोही अध्यक्ष रहेको  नेपाल पत्रकार मञ्च तथा दक्षिण कोरियाको प्रतिष्ठित विश्वविद्यालय नामसोल युनिभर्सिटिबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पत्रमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही तथा दक्षिण कोरियाको नामसोल विश्वविद्यालयका
अध्यक्ष यून सेउङ योङले हस्ताक्षर गर्नुभएको छ । काठमाडौंमा आयोजित हस्ताक्षर कार्यक्रममा उक्त विश्वविद्यालयकी प्राध्यापक किम सिल ऊनले हाल उक्त विश्वविद्यालयमा ७ जना नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेको प्रसङ्ग जोड्दै नेपाली विद्यार्थी नेपाल फर्केर सामाजिक विकासको सवालामा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उक्त विश्वविद्यालय बालकल्याण र सामाजिक
कल्याणका बिषयमा अध्यापन अगाडि बढाइरहेको बताउँदै सञ्चार माध्यमले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । कार्यक्रममा नामसोल युनिभर्सिटीकी प्राध्यापक सिर्जना थापाले एशियाली क्षेत्रमा सामाजिक विकासको क्षेत्रमा शैक्षिक विकास गर्ने युनिभर्सिटीले लक्ष्य लिएको बताउनुभयो । नेपाल पत्रकार मञ्चमा नेपालका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरु क्रियाशील रहेको बताउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने थापाले बताउनुभयो । सोही कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार मञ्च व्यवसायिक पत्रकारहरुको संगठन भएकाले व्यवसायिक पत्रकारिताको विकासका निम्ति क्रियाशील हुने बताउनुभयो । क्षमता अभिबृद्धि गर्न र उसको विशेष शैक्षिक गुणस्तर गर्न नामसोल युनिभर्सिटीसँगको सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । आज हस्ताक्षर गरिएको उक्त सहमति पत्रमा दुई देशबीचका नागरिक तहमा शैक्षिक तथा साँस्कृतिक आदानप्रदान गर्न पत्रकार मञ्चले संयोजनकारी भूमिका निर्वाह गर्ने उल्लेख छ ।




Image may contain: 5 people, people smiling, people standing
Image may contain: 6 people, including Yubaraj Jee, people sitting and indoor

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक