20190212

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गरिँदै, कलाकारहरुलाई संपर्क गर्न अनुरोध

Image may contain: textअन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फबाट केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । वहाँका अनुसार पहिला केन्द्रिय समिती अमेरिका र त्यस लगत्तै अन्य देशहरु, शाखाहरुको पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । हाल सम्म कार्यरत केन्द्रिय समितिका कतिपय साथीहरु अमेरिका बहिर रहनुभएको र यसले गर्दा संगठनका काम कार्वाहीमा असर  परेकोले पुनर्गठन गरी संगठनलाई कृयाशिल पार्नु नै भेला र पुनर्गठनको उद्देस्य रहेको छ भन्दै खनालले भन्नुभएको छ:
   
अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरु !
अमेरिकामा दर्ता भै कार्यरत रहेको र नेपाल सहित संसारका बिभिन्न देशहरुमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिधाहरुमा पनि सँलग्न कलाकारहरुको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई यथाशिघ्र संपर्कका
लागि हार्दिक अनुरोध गरिन्छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकामा रहेर सक्रिय रुपमा काम गर्न चाहने कुनै पनि बिधाका कलाकारहरुलाई iafamerica@gmail.com वा rampdkhanal@gmail.com वा फेसबुकको इन्बक्समा आफ्नो नाम, बिधा, हालको फोन नम्बर, ठेगाना सहित संपर्कमा आउन अनुरोध गरिन्छ । कृपया आफु केन्द्रिय समितिमा बसी काम गर्न इच्छुक भएमा आफु कुन पदमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ सो समेत खुलाई संपर्क गर्नुहुन सादर अनुरोध छ ।

केन्द्रिय समितिको पुनर्गठन पछि बिभिन्न देशमा भएका शाखाहरुको पनि पुनर्गठन गरिने छ भने निस्क्रिय शाखाहरु बिघटन गरिने छ ।

कलाकार मित्रहरु
कृपया यो सूचना तपाईंलाई जानकारी भएका अरु कलाकार साथीहरुलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।

पुनर्गठनमा :   
अध्यक्ष - एक
उपाध्यक्ष - पाँच
महा सचिब - एक
सचिब - एक
सह सचिब - एक
कोसाध्यक्ष - एक
बोर्ड अफ डाइरेक्टर - पन्ध्र 
प्रेस सल्लाहकार - एक
कानूनी सल्लाहकार - एक
प्रमुख सल्लाहकार - एक
सल्लाहकार - पाँच
सँस्कृतीबिद - एक
समेटिने छ । स्वयमसेबी रुपमा काम गर्नु पर्ने यो संस्था कुनै पनि राजनीति वा कुनै पनि पक्ष सँग सम्बध्द नभएको एक स्वतन्त्र र बिसुद्ध कलाकारिता क्षेत्रको संगठन हो । जसको प्रधान कार्यालय भर्जिनिया अमेरिकामा रहेको छ । संस्थाको बारेमा जान्न www.iafamerica.com मा जान सक्नुहुन्छ ।

- रामप्रसाद खनाल - अध्यक्ष 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिका
ईमेल - iafamerica@gmail.com , rampdkhanal@gmail.com
वेबसाईट - www.iafamerica.com 


हाल सम्म कार्यरत केन्द्रिय समिति यस्तो छ ।   

    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक