20190225

अब कुन दिन देखी महिनावारी बन्द भएको पनि समाचार बन्ने हो ! कठै मेरो देशको यो पत्रकारिता !!

Image may contain: text
केही अपबादहरु छाडेर समग्रमा हाम्रो पाला नेपाली पत्रकारिताको मूल्य मान्यता निकै उचो थियो, थोरै पत्रकार, थोरै पत्रिका, समाचारको महत्व कति कति तर नेपाल जस्तो सानो देशमा अन्यत्र कहीँ काम नलागे पत्रकार बन्ने,
मिडिया खोल्ने, नेपाल पत्रकार महासंघ र कुन्नी के के संघहरु छन तिनको सदस्यता लिने अनी " पत्रकार " बनेर हिंड्ने को सँख्या दशौँ हजार नाघेछ । नेपालमा सात सय जति एफ एम रेडियो छन रे ! तीन दर्जन ठुला टेलिभिजन रे ! साना र हरेक नगरहरुमा केबल टिभी देखी के के हो के के टिभी । अझ अहिले त युट्युबमा हजारौंँ टिभी टिभी ! अनलाइनको के कुरा भो र ! अनी ति दशौँ हजार पत्रकारको काम के त भन्दा यि र यस्ता समाचार प्रकाशन गर्ने, फेसबुक र ट्विटरमा शेयर गर्ने ! कठै मेरो देशको यो पत्रकारिता । ए भाई बहिनीहरु हो यो त अति भएन र !! यो समाचार हेर्दा लाज लाग्यो । अब कुन दिन देखी महिनावारी बन्द भएको पनि समाचार बन्ने हो !

           Image may contain: text

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक