20190225

वाशिङटन डिसीमा "रामप्रसाद खनालका सदाबहार गीतहरू" र नयाँ कविता कृति " मुर्दाहरूको बस्ती " विमोचन !

Image may contain: 6 people, including Maya Gyawali, people smiling, people standing and indoorगाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफु पनि नाच्दै र अरुलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि ।   - विश्वराज थापा 
अमेरिका / अमेरिकाको वाशिङटन डिसी स्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ कविता कृति " मुर्दाहरूको बस्ती " र " रामप्रसाद खनालका सदाबहार गीतहरू " एक
साथ विमोचन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ लोक तथा दोहोरी गायिका कोमल वली, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, म्यारिल्यान्ड र पेन्सल्भिनियाका लागि महाबाणिज्यदूत एवम् वरिष्ठ लोक तथा दोहोरी गायक प्रेमराजा महत, पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, वरिष्ठ लोक गायक नवीन खड्का र खनाल पत्नी तीर्था पौडेलले दुवै कृतिहरू सामूहिक रूपमा विमोचन गर्नुभयो ।

अमेरिकामा बसोबास गर्ने कलाकारहरू, समाजसेवीहरू, नेपाल लाई माया गर्ने अमेरिकीहरू, नेपाली सङ्घ संस्थाका प्रमुखहरूको उपस्थितिमा उक्त दुई कृतिहरू विमोचन गरिएको थियो ।

कार्यक्रममा राजदूत कार्की, सांसद ओली, पूर्व अमेरिकी राजदूत डेलिसी, महाबाणिज्यदूत महत, वरिष्ठ लोकगायक खड्का आदिले मन्तव्य पनि व्यक्त गर्नुभएको थियो । राजदूतावासले सांसद वलीको स्वागत कार्यक्रम र कार्यक्रमको अन्त्यमा नेपाली मैत्री भोज समेत आयोजना गरेको थियो ।

कार्यक्रममा अतिथि गायिका वली, गायकहरू महत, खड्का, खनाल, तिमील्सेनाले गीतहरू गाउनुभएको थियो भने नवीन केसी, लुना श्रेष्ठ, सुस्मा खनाल लगायतका केही कलाकारहरूको नाच पनि प्रस्तुत गरिएको थियो ।      गाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफु पनि नाच्दै र अरुलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि । 
                
कविता कृति " मुर्दाहरूको बस्ती " खनालको सत्रौँ पुस्तक र दोस्रो कविता सङ्ग्रह हो भने " रामप्रसाद खनालका सदाबहार गीतहरू " खनालको ४७ औँ एलबम हो । यस अघि नै खनालले एक हजार दुई सय भन्दा बढी गीत लेखन एवम् गायन गरिसकेका छन् भने खनालले एक हजार भन्दा बढी कविता, गजल र मुक्तकहरू लेखन एवम् प्रकाशन गरिसकेका छन् ।

खनालको नयाँ कविता कृति " मुर्दाहरूको बस्ती " दुई सय पेजको छ जसमा राष्ट्र, राष्ट्रियता, बर्तमानको नेपाल सँग सम्बन्धित कविताहरू समावेश छन् भने " रामप्रसाद खनालका सदाबहार गीतहरू " जसमा एघार वटा लोक गीत, लोक भजन, पञ्चेबाजा, आधुनिक गीत लगायतका गीत समावेश गरिएको छ ।

खनालले गत वर्ष प्रकाशन गरेको तिन सय पेज रहेको कविता कृति " देश हराएको मान्छे " पाठकहरूले अत्यन्त रुचाएका थिए । उक्त कृतिको दोस्रो संस्करण अहिले बजारमा छ भने खनालका गीत सङ्गीत कर्णप्रिय, लोकप्रिय पनि छन् भन्छन् उनका दर्शक र श्रोताहरू ।

नेपालको लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको लागि त्यसै गरी देश विदेश जहाँ रहँदा पनि खनालले नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा पुर्‍याएको योगदानको सबैले खुलेर प्रशंसा गर्ने गरेको पाइन्छ ।

खनाल मात्र होइन खनालका शिष्यहरू पनि अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित कलाकार हुनुले खनालको योगदान कति छ भन्ने कुरा पुष्टि हुन्छ भन्छन् उनका दर्शक र श्रोताहरू ।

सो अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष खनालले गीत सङ्गीत र पत्रकारितामा आफ्नी सहयात्री एवम् अतिथि कोमल ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने  अतिथि वलीले सुस्मा खनाल र अर्की नयाँ प्रतिभालाई पनि मायाको चिनो प्रदान गर्नुभएको थियो भने ।



Image may contain: 3 people, including Khem Bhattachan and Bishwa Raj Thapa, people standing and indoor






Image may contain: 6 people, including Ram Prasad Khanal, people smiling, people standing and suit
Image may contain: 6 people, including Ram Prasad Khanal and Prem Raja Mahat, people smiling, people standing
Image may contain: 6 people, including Pooja R. Lama and Prem Raja Mahat, people smiling, people standing
Image may contain: 6 people, people standing and suit
Image may contain: 6 people, including Ram Prasad Khanal and Pooja R. Lama, people smiling, people standing
Image may contain: Nita Shrestha, Jiban Prakash Shrestha and Ram Prasad Khanal, people smiling, people standing
Image may contain: 2 people
Image may contain: 5 people, including Prem Maya Shrestha, people smiling, people dancing, people standing and indoor
Image may contain: 6 people, including Prem Raja Mahat and Prem Maya Shrestha, people smiling, people standing and indoor
Image may contain: 2 people
Image may contain: 4 people, including Prem Raja Mahat, people standing and indoor
Image may contain: 3 people, shoes and indoor
Image may contain: 3 people, people standing
Image may contain: 5 people, including Ram Prasad Khanal and Prabha Bhattarai Deuja, people smiling, indoor
Image may contain: 4 people, including Nita Shrestha, Prabha Bhattarai Deuja and Ram Prasad Khanal, people smiling, people standing
Image may contain: 4 people, including Navin K KC, Ram Prasad Khanal and Luna Shrestha, people smiling
Image may contain: 4 people, including Ram Prasad Khanal and Luna Shrestha, people smiling, people standing and suit

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक