20190226

काँग्रेसी भन्दैछन प्रचण्डलाई विश्वाश गरेर ठुलो गल्ती भो ! अब यो भन्ने पालो एमालेजनको !

* काँग्रेसीजनहरु भन्दैछन - प्रचण्डलाई विश्वाश गरेर ठुलो गल्ती भो । गल्ती भो पनि भन्दैछन र फेरि काँध हाल्न पनि तयार छन, त्यसैका लागि केपी प्रचण्ड फुटाउन जेसुकै गर्न पनि आफुहरु तयार छौं भन्दै शेर बहादुरले प्रचण्डलाई सन्देश पठाइरहेका छन !
* अब धोखा खाने र गल्ती गरिएछ भन्ने पालो एमाले जनहरुको हो, लेखेर राख्नुस् आफुले प्रधानमन्त्री नपाए प्रचण्डले नेकपा फुटाउँछन, फुटेका  माओवादी जुटाउँछन, मधेशी र भुरे अनी काँग्रेस मिलाएर केपीलाई सुताउँछन, हेर्दैजानुस !
* कसरी सम्भब होला र यो गर्न भन्नुहोला ! पूर्व एमाले भित्र ओली, माधव, बामदेब देखी झलनाथ सम्म, गाउँ देखी केन्द्र सम्म समर्थक देखी कार्यकर्ता सम्म मन फुटिसकेको छ, भित्र भित्रै बिभाजित छन मनहरु । राम कुमारी झाँक्रीहरु त्यसै रोएका छैनन, घनश्याम भूसालहरु त्यसै पाखा भएका छैनन, योगेशहरु त्यसै सौतेनी सन्तान बनेका छैनन ।       
* बाहिरबाट हेर्दा बिरोध गरेजस्तो गरे पनि माओवादीहरु भोलि परेका बेला एक हुने रणनिती छ बुझ्नुस । तैले कुटे जस्तो गर म रोए जस्तो गर्छु मात्र हो बाहिर । 
* समग्रमा देशको राजनीतिमा प्रचण्ड नामका धुर्त पात्रको चलखेल छ, नेपालको राजनीतिमा सफल कोही छ भने तिनै धुर्त मात्र सफल छन । घुमाइ फिराइ एमाले काँग्रेस लगायत सबैको बुइ चढ्ने र आफु सधै शक्तिमा रहिरहने, हेगबाट बँच्ने प्रचण्डको रणनिती अहिले सम्म पूर्ण सफल छ । भोलि के होला हेर्दै जाउँ !!       Image result for prachanda kpImage result for prachanda sher bahadur

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक