20190217

असाध्यै राम्रो काम गरेछ अख्तियारले घुस खानेलाई रङ्गेहात समाएर, सलाम अख्तियार !

Image result for akhtiyar durupayog anusandhan aayog logoठुलालाई चैन, सानालाई ऐन लगाउँदै आएको नेपालको अख्तियारका आयुक्त स्वयम घुसकाण्डमा पर्छन, अर्बौँ खाने उपर केही गर्न सक्दैनन तर तीन हजार घुस खाएकोमा समाएको भनेर  समाचार बाहिर फिँजाउने अख्तियारलाई सबै मिलेर सामुहिक अभिनन्दन गर्नु पर्ने पो हो कि अब !   
                              राजविराजस्थित मालपोत कार्यालयबाट घुससहित दुईजना कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएको भन्दै नायवसुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग कम्प्युटर अपरेटर
साहले ३ हजार रकम लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले साहलाई पक्राउ गरेको हो । साहले उक्त रकम लिन नायवसुब्बा शर्माले आदेश दिएको बताएपछि शर्मालाई पनि नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नायव सुब्बा मुद्दा फाँटका कर्मचारी हुन् । उनले जग्गा सम्बन्धी विवाद मिलाइदिने भन्दै एक सेवाग्राहीसँग कम्प्युटर अपरेटर साहमार्फत् रकम लिन लगाएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक