20190218

‘प्रसिद्ध कँडेल उत्कृष्ट विद्यार्थी पुरस्कार’सहित सम्मान प्रदान

काठमाडौं । राजधानीको शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए मावि) मा शनिवार आयोजित १३औं अभिभावक दिवसको सन्दर्भमा आयोजित एक विशेष कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा
मन्त्री गोकर्णराज विष्टले गतवर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ राशिको ‘प्रसिद्ध कँडेल उत्कृष्ट विद्यार्थी पुरस्कार’सहित सम्मान प्रदान गर्नुभयो  । उक्त पुरस्कारबाट सम्मानित हुनेमा दुबैजना छात्रा छन् । छात्राहरू ईशा भण्डारी र रेशिका रोक्काले ३ दशमलव ९५ ग्रेड ल्याई विद्यालयमा उत्कृष्ट स्थान हासिल गरेका थिए ।
Image result for प्रसिद्ध कँडेल
त्यसै विद्यालयबाट २०६८ सालमा उत्कृष्ट स्थान ल्याई एसएलसी उत्तीर्ण गरेका मेधावी विद्यार्थी प्रसिद्ध कँडेलको २०७४ असोजमा अमेरिकामा आकस्मिक निधन भएपछि उहाँका बुबाआमा शिक्षासेवी चेतनाथ कँडेल तथा सीता कँडेलले छोराको स्मृतिस्वरूप रु. २ लाखको अक्षयकोष विद्यालयमा नाममा गत वर्ष स्थापना गरिदिनुभएको हो । सोही अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट एसईई परीक्षामा सोही विद्यालयबाट सर्वोत्कृट अंक ल्याउने विद्यार्थीलाई वार्षिक २० हजार रुपैयाँको पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको कुरा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद अर्यालले बताउनुभयो ।
साथै, प्रसिद्धको स्मृतिमा युवा साहित्यकारलाई सम्मान प्रदान गर्ने गरी नेपाल स्रष्टा समाजमा १ लाख १० हजार रुपैयाँको अक्षयकोष राखी पहिलोपटक यसै वर्ष युवास्रष्टा रमेश शुभेच्छुलाई रु. ११,१११।– को सम्मान प्रदान गरिएको र विकास लेखनमा निरन्तर लागिपर्ने नेपालका लेखकहरूमध्ये प्रत्येक वर्ष रु. १० हजारको सम्मान नेपाल सहभागीमूलक कार्य समूह (नेपान) बाट प्रदान गर्ने गरी त्यहाँ पनि रु. १ लाख रुपैयाँको अक्षयकोष राखिएको जानकारी सम्मानका संस्थापक चेतनाथ कँडेलले गराउनुभयो । विकास लेखनमा निरन्तर कलम चलाएवापत गत भदौ महिनामा नेपानले सहप्राध्यापक गम्भीरबहादुर हाडालाई सम्मान गरिसकेको छ । ‘प्रसिद्ध आफैं पनि एक युवा लेखकको रूपमा अगाडि बढिरहेका थिए । उनले अंग्रेजीमा लेखेका विभिन्न सृजनात्मक रचनाहरू नेपालका केही राष्ट्रिय अंग्रेजी दैनिक पत्रपत्रिकाहरूमा प्रकाशित छन्’, आमा सीता कँडेलले बताउनुभयो  ।
प्रसिद्ध कँडेलका माता पिता र भाई तस्वीरमा जसले शोक लाई शक्तिमा बदलेर सामाजिक कार्य हरु गरिरहनुभएको छ ।    
Image may contain: 3 people, including Chet Nath Kanel, people smiling, people standing

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक