20190222

केपी ओली सरकारको सुशासनको नमुना हेर्नुस्

सचिव कृष्णप्रसाद देवकोटालाई भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा गरेको बताएका छन् । सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नगारिक उडड्यन प्राधिकरण मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन्। गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले यृवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो। मन्त्रालयमा बुधबार बिदाइ कार्यक्रममा
देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन्। कसले दबाब दिएको भन्ने उनले खुलाएनन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक