20190222

फेरी एघार बर्सिय बालिकालाई बलात्कार गरी जिउँदै जलाएर मारिएको हृदय बिदारक घटना सार्वजनिक !

देशमा के भैरहेको छ हँ ??!!
निर्मला बलात्कार र हत्याकाण्ड पछि नेपालमा कयौँ बलात्कारकाण्ड भए तर सरकारले अपराधी समाएको कार्वाही गरेको समाचार आऊला भन्दा उल्टो  बलात्कार र हत्याका घटना बढ्दै जानुले सर्बत्र चिन्ता छाएको छ । फेरी हरिहरपुर (धनुषा) मा एक एघार बर्सिय बालिकालाई बलात्कार गरी जिउँदै जलाएर मारिएको  हृदय बिदारक घटना सार्वजनिक भएको छ ।

गत बिहीबार बलात्कारपछि जलाएर हत्या गरिएकी ११ वर्षकी रेशमा देवनारायण रसाइलीकी एक्ली सन्तान थिइन् । त्यो घटनापछि पुरै हरिहरपुर स्तब्ध छ । त्यो अपराध गरेका निरज जर्घामगर पक्राउ परेपनि हरिहरपुर स्तब्ध र
त्रसित छ ।
उनी बोल्न सक्तैनन् । रुनलाई उनको आशु निखि्रसकेको छ । उनी निरन्तर एकै ठाउँमा बसेर टोलाइरहन्छन् ।
बलात्कारपछि ज्यूँदै जलाएकी छोरी दितिया (रेशमा) का पिता देवनारायण रसाइलीको दिन एकोहोरो टोलाएरै बितिरहेको छ । उनी पहिल्यैबाट बोलीबिहीन थिए । अहिले त अरुको बोली बुझ्ने क्षमता पनि हराएको छ ।

सबैकी प्यारी रेशमा गाउँकै विद्यालयमा कक्षा २ मा पुगेकी चञ्चल रेशमा हंसमुख स्वभावका कारण गाउँमा सबैको प्यारी थिइन् । उनी पढाईमा पनि एकदमै राम्रो रहेको माइलो बुवा पदमचन्द्र रसाईली बताउँछन् ।

कान्छी काकी मीरा रसाइलीका अनुसार, उनी आफ्ना बाबालाई असाध्यै माया गर्थिन् । ‘गीत सुन्न र नाच्न भनेपछि हुरुक्क हुन्थिन्’, काकी मीरा भन्छिन्, ‘गाउँमा बिहेबटुला हुँदा खुब नाच्थिन् ।’

अपराधको शिकार भएको दिन पनि रेशमा गाउँकै इन्द्र बुर्जा मगरको छोरीको विवाहमा बजिरहेको गीतमा रमाइरहेकी थिइन् । उनका बाबा र काकाहरु भन्दा अगाडि उनी पुगेकी थिइन् । संगै बिहेभोज खाएर अविभावकहरु घर फर्के, उनी नाच्न त्यही बसिन् । अनलाइन खबरका अनुसार  भोलि बिहान उनको जलेको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो  ।

रेशमा तीन बर्षकी हुँदा उनकी आमाले घर छोडिन् । कहाँ गइन्, कसैलाई थाह छैन । छोरीलाई बाबाले नै पाले । त्यसमा काकाकाकीहरुको ठुलो भरथेग रहृयो ।

रेशमा पनि आवाजविहीन थिइन् । रेशमाकी आमा देवनारायणका जेठा दाजु फटिकलाल पनि बोल्न सक्दैनथे ।

चार दाजुभाइमध्ये साइला देवनारायण खेतीपाती गर्थे ।

विश्वकर्मा परिवारको थोरै खेतीपाती छ तर, सिंचाईको व्यवस्था नहुँदा बर्षे झरीको भरमा छन् ।  यताउता काम गरेर खाद्यान्न जुटाउनुपर्ने मौसममा अपराधको शिकार बनेर बस्नुपर्दा कम्तिमा आगामी दिन असहज बनेको दाजु पदमचन्द्र रसाईलीले बताए । ‘अपराधीलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्छ’, उनले भने, ‘भाइलाई पनि सरकार, गैर-सरकारी संस्था वा व्यक्तिहरुले केही आर्थिक सहयोग गर्नुपर्‍यो ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक